कीवर्डहरू -

दश महिनामा ६ अर्ब बढीको ल्यापटप आयात

दश महिनामा ६ अर्ब बढीको ल्यापटप आयात

कोरोना महामारीका कारण भर्चुअल रूपमा काम गर्नेको संख्या बढेसँगै ल्यापटपको आयातमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको बैशाखसम्म नेपालमा ६ अर्ब २ करोड ४६ लाख ३९ हजार रूपैयाँ बराबरको ल्यापटप तथा नोटबुक आयात भएका छन् ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको दश महिनामा ६ अर्ब बढीका १ लाख ८ हजार ५३१ थान ल्यापटप तथा नोटबुक नेपाल भित्रिएका हुन् ।

चालु आर्थिक वर्षको बैशाखसम्म ल्यापटप तथा नोटबुक आयातबाट सरकारलाई ७६ करोड ६२ लाख ५० हजार रूपैयाँ राजस्व प्राप्त भएको छ । ल्यापटप आयातमा वृद्धि भएपछि सरकारले पाउने राजस्वमा समेत वृद्धि भएको छ ।