कीवर्डहरू -

महामारीको समयमा नेपालसहित विभिन्न देशका ग्राहकसँग निकटमा रहेर काम गर्दै ह्वावे 

महामारीको समयमा नेपालसहित विभिन्न देशका ग्राहकसँग निकटमा रहेर काम गर्दै ह्वावे 

अग्रणी सूचना तथा सञ्चार प्रविधि (आइसिटी) सोलुसन र सेवा प्रदायक ह्वावेले शनिबार डार्विन हलको एक भर्चुअल भ्रमण आयोजना गरेको छ । जसमा ह्वावेले ग्लोबल आइसिटी क्षेत्रमा हालसालै भएको विकास र यसमा ह्वावेको योगदानलाई  प्रदर्शन गरेको थियो ।

यस भ्रमणमा बंगलादेश र नेपालका पत्रकारहरू साथसाथै ह्वावेका उच्च अधिकारीहरूले पनि भाग लिएका थिए । कार्यक्रमको सुरूमा ह्वावे एशिया प्रशान्तका उपाध्यक्ष जे चेनले अतिथिहरुलाई स्वागत गरेका थिए ।

डिजिटाइजेसन बाट  सिर्जित प्राविधिक प्रगतिहरू जस्तै फाइभजी टिओबी, स्मार्ट म्यानुफ्याक्चरिंग, स्मार्ट पुलिस, स्मार्ट पोर्ट, स्मार्ट सिटी र ओटिएन अल्ट्रा–फास्ट फाइनन्सियल प्राईभेट लेन टुरको बखत प्रदर्शन गरिएको थियो ।

त्यस सत्रमा उपाध्यक्षले भने, ‘२०२० को वर्ष सबैको लागि गाह्रो थियो । तर प्रविधिले महामारीको बिरूद्ध लड्न र आर्थिक रिकभरीलाई तीव्र पार्न गम्भिर भूमिका खेलेको छ । यी चुनौतीहरूको सामना गर्दै ह्वावेले पहिले भन्दा अधिक नजिकबाट हाम्रो ग्राहक र साझेदारहरुसंग काम गरीरहेको छ । बंगलादेश र नेपाल जस्ता राष्ट्रहरूले यो गतिलाई निरन्तरता दिन उल्लेखनीय प्रगति देखाउँदै छन् ।’

तीव्र डिजिटल रूपान्तरणबाट गुज्रिरहेको देश नेपाल दक्षिण एसियाली क्षेत्रमा थ्रिजी युगमा टेलिकम क्षेत्रका लागि अग्रणी स्थानमा रहेको उनले बताए । चेनका अनुसार एक पटक नेपालले फाइभजी क्लब प्रवेश गर्न सुरु गरिसकेपछि यसले नेपालको सम्पूर्ण टेलिकम उद्योगलाई बढी विश्वास दिनेछ ।

नेपाल सरकारद्वारा फाइभजी नेटवर्कको कमर्सियल शुरुवात गर्नका लागि स्ट्यान्डर्ड रेगुलेसन, फ्रिक्वेन्सी आईडेन्टिफिकेसन, रोल आउट प्लान इत्यादि सम्बन्धी अनुसन्धान, अध्ययन र तयारीको आवश्यकता बढी हुनेछ ।

‘हामी विश्वास गर्दछौं कि फाइभजीको अध्ययन र परीक्षण तयारीको क्रममा नेपाल अझै पनि फोरजी नेटवर्कको देशव्यापी रूपमा रोल आउट जारी राख्न सक्दछ,’ जे चेनले  ‘ग्रामीण क्षेत्रमा अझै पनि धेरै मानिसहरू फाइभजी जसले फोरजीबाट फाइदा पाएका छैनन् ।’

शुरुमा रोल आउट गर्न ग्रामीण क्षेत्रको लागी फरजीमा ध्यान दिनुपर्छ र अधिक मानिसहरूलाई डिजिटल सेवाबाट लाभान्वित हुन दिनुपर्ने उनको भनाइ थियो ।

‘ह्वावेले यो वास्तविक जिम्मेवारी लिन र देशहरुलाई स्टेट–अफ–दि–आर्ट प्राविधिक सहयोगको लागि, निरन्तर र निर्बाध रूपान्तरणको लागि, एक देखि अर्को स्तरको प्रविधिद्वारा संचालित विकासको लागि आफ्नो सिमा भन्दा नाघेर गएको छ,’ चेनले भने ।

चार्ल्स डार्विनले १८३१ मा संसारभरको जंगलमा जैबिक विविधता अवलोकन गर्दै सर्वेक्षण गरेका थिए । डार्विनलाई सम्झिदै ह्वावेले आइसिटी ईन्डस्ट्रीको पछिल्लो विकासहरूको अन्वेषण गर्दछ ।