कीवर्डहरू -

बगभीमा आवद्ध भयो ‘मेरो जब’, एउटा बगको ३० हजारसम्म दिने

बगभीमा आवद्ध भयो ‘मेरो जब’, एउटा बगको ३० हजारसम्म दिने

नेपालकै पहिलो बग बाउन्टी प्लेटफर्म बगभीमा मेरो जब डटकम जोडिएको छ । मेरो जबले आफ्नो सिस्टमको सुरक्षा परीक्षणका लागि बगभीमा राखेको हो ।

मंगलबार दिउँसो १२ बजे बगभीमा मेरो जब लन्च भएको छ । मेरो जबले बगको गम्भिरताको आधारमा एउटा बगको ३० हजार रूपैयाँ सम्म दिने बगभीका संस्थापक नरेस लाम्गादेले बताए ।

बगभीमा हालसम्म १५ कम्पनीले आफ्नो सिस्टमको सुरक्षा परीक्षणका लागि आवद्ध भइसकेका छन् । भने अन्य कम्पनीहरु पनि आवद्ध हुने प्रक्रियामा छन् ।

बगभीमा अहिले नेपालसहित विश्वभरबाट ३ हजार बढी साइबर सुरक्षा अनुसन्धानकर्ता जोडिएका छन् । मेरो जब डटकम राजगारी दिने र रोजगारीको खोजीमा रहेका व्यक्तिलाई जोड्ने नेपालको एक अग्रणी प्लेटफर्म हो ।