कीवर्डहरू -

नाष्टले बनाएको अक्सिजन सिलिण्डर उत्पादन गर्न चौधरी ग्रुप इच्छुक

नाष्टले बनाएको अक्सिजन सिलिण्डर उत्पादन गर्न चौधरी ग्रुप इच्छुक

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले नेपालमै बनाएको अक्सिजन सिलिण्डर उत्पादन गर्न  चौधरी ग्रुपले चासो देखाएको छ । नाष्टले रिसर्च एण्ड डेभलपमेन्टको काम गरिरहेको अक्सिजन सिलिण्डरमा लगानी गर्न नेपालका चौधरी ग्रुपले चासो देखाएको हो ।

अक्सिजन सिलिण्डरमा चौधरी ग्रुपसँगै युएनडिपीले पनि चासो देखाएको छ । नाष्टका वरिष्ठ प्राविधिक डा. इन्जिनियर शंकर ढकालले चौधरी ग्रुप र युएनडिपी नेपाल मै अक्सिजन सलिण्डरमा उत्पादन गर्ने काममा सपोर्ट गर्न इन्छुक रहेको बताए ।

‘यो महामारीमा नाष्टले गरिरहेको काममा कसरी सपोर्ट गर्न सकिन्छ भनेर उहाँहरु कम्युनिकेट गरिरहनु भएको छ,’ ढकालले आइसिटी समाचारसँग भने, ‘मलाई लाग्छ अब फन्डिङको लागि चाहिं समस्या हुँदैन् । अक्सिजन सिलिन्डरमा लगानी गर्ने कुरा र वितरण गर्ने कुरामा उहाँहरु इन्छुक हुनुहुन्छ ।’

नाष्टले सोमबार रातिमात्रै नेपालमै अक्सिजन सिलिण्डर उत्पादनको दोस्तो परीक्षण सफल रूपमा सम्पन्न गरेको छ । दोस्रो परीक्षण सफल भएसँगै अब मास उत्पादनमा जान तयार भएको ढकालले जानकारी दिए ।

नेपालमा उपलब्ध स्रोत साधनको प्रयोग गरेर अक्सिजन सिलिन्डर बनाइएको हो । ‘पहिलो परीक्षणबाट मास उत्पादनमा जान हामी अलिकति डराएका थियौं । सेकेण्ड चरणको परीक्षण गरेर मात्रै मास उत्पादनमा जानुपर्छ भन्ने थियो,’ ढकालले आइसिटी समाचारसँग भने, ‘अब हामी ढुक्क भएका छौं । हामी अब नेपालमै अक्सिजन सिलिन्डर उत्पादन गर्न सक्छौं ।’

नाष्टले नेपालमै पहिलोपटक अक्सिजन सिलिन्डर ‍टेष्टका लागि ‘टेष्ट सेटअप’ समेत बनाएको छ । अब उत्पादन भएको सिलिन्डर नाष्टमै परीक्षण गर्न सकिन्छ ।