कीवर्डहरू -

नेपालमा पनि लोकप्रिय हुँदै ‘सेल्फी विथ डटर’ अभियान

नेपालमा पनि लोकप्रिय हुँदै ‘सेल्फी विथ डटर’ अभियान

सेल्फी विथ डटर अभियान भारतको हरियाणाको जींद जिल्लाको बीबीपुर गाउँबाट शुरु भएको हो । यो अभियान नेपालमा पनि लोकप्रिय भएको छ । यो अभियान सुरू भएको दश दिनभित्रै एक लाख नेपालीले सेल्फी विथ डटर अभियानबारे सार्वजनिक भएको भिडियो हेरेका छन् ।

त्यस्तै हजारौं नेपाली आमाबुवाले आफ्नी छोरीहरूसँग सेल्फि www.selfiewithdaughter मा पोस्ट गरेका छन् । यसको परिणाम सेल्फी विथ डटर डेको अवसरमा जून ९ मा नेपालका तीन उत्कृष्ट सेल्फीलाई पुरस्कृत गरेर प्रकाशित गरिने जनाइएको छ ।

सेल्फी विथ डटर अभियान र फाउन्डेशनका संस्थापक सुनील जगलानको अनुसार यो अभियान नेपालमा भर्चुअल कार्यक्रम मार्फत मे ९ मा सुरु गरिएको थियो । जसमा नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठ र अन्य सहकारी संस्थाहरूले नेपालमा अभियान चलाउन सहयोग गरेका छन् ।

उनका अनुसार हरियाणाबाट शुरु गरिएको यो अभियानको प्रधानमन्त्री नरेन्द्र मोदीले उनको ’मन की बात’ कार्यक्रम लगायत धेरै कार्यक्रममा प्रशंसा गरेका छन् ।

सुनिल जगलानले पछिल्लो लकडाउनमा हरियाणा लगायत भारतका धेरै राज्यहरूमा सेल्फी विथ डटर अभियानको प्रचारप्रसार गरिएको बताए ।

त्यस्तै नेपालमा लकडाउन भए पनि यस अभियानको धेरै प्रचारप्रसार भइरहेको बताएका छन् । नेपालमा यो पहिलो पटक छोरीहरूको सम्मानका लागि त्यस्तो अभियान सञ्चालन भइरहेको छ ।

उनले गत १० दिनमा नेपालका एक लाख व्यक्तिले सेल्फी विथ डटर अभियानको सार्बजनिक भिडियो हेरेको बताएका छन् । यो बाहेक, २५ हजार व्यक्तिहरुले यो लकडाउन अवधिमा संसारभरबाट आफ्नो सेल्फी पोष्ट गरेको पनि जगलानले उल्लेख गरे ।

नेपाल र भारतका धेरैजसो स्थानहरुमा  हाल विश्वव्यापी महामारी कोभिड–१९ को कारण लकडाउन र कर्फ्यूमा रहेका छन् । यस्तो अवस्थामा सेल्फी विथ डटर फाउन्डेशन र नेपाल इन्टरनेट फाउण्डेशनले समाजका सबै वर्गका व्यक्तिलाई लकडाउनको बेला छोरीहरूसँग समय बिताउन र छोरीसँगै सेल्फी पठाउन सेल्फी विथ डटरको अनलाइन संग्रहालयमा पठाउनलाई अपील गरिएको छ । ती सेल्फीहरूलाई पछि सम्मानित पनि गर्ने अभियानकर्ताले बताएका छन् ।

यस अभियानका बारे जानकारी दिँदै सेल्फी विथ डटर फाउन्डेसनका संस्थापक सुनील जगलानले सेल्फी विथ डटर डेको अवसरमा भारत र नेपालमा जून ९ मा बिशेष कार्यक्रम आयोजना गरिने बताएका छन् ।

लकडाउनको क्रममा सर्वश्रेष्ठ सेल्फी पुरस्कार प्रदान गरिन्छ भने विजेतालाई ट्रफी र प्रमाणपत्रका साथ क्रमशः २१ हजार, ११ हजार र  ५ हजार १ सय को पुरस्कार प्रदान गरिनेछ ।

नेपाल इन्टरनेट फाउण्डेशनका संस्थापक बिक्रम श्रेष्ठले यस अभियानलाई नेपालका जनताले धेरै मन पराएको र यो अभियानले महिला सशक्तिकरणका लागि नयाँ आयाम स्थापित गर्ने बताएका छन् ।