कीवर्डहरू -

क्वालकमले पिसी र क्रोमबुकका लागि परिमार्जन गर्‍यो स्न्यापड्रयागन ७ सी चिप

क्वालकमले पिसी र क्रोमबुकका लागि परिमार्जन गर्‍यो स्न्यापड्रयागन ७ सी चिप

क्वालकमले स्न्याड्रयागन ७ सी चिपलाई पिसी र क्रोमबुकका निम्ति परिमार्जित गरेको छ । सन् २०१९ मा क्वालकमले स्न्याड्रयागन ७ सी र ८ सी चिप सस्तो मूल्यमा सार्वजनिक गरेको थियो ।

अब पर्फर्मेन्स बढाउनका लागि कम्पनीले चिपलाई परिमार्जित गरेको छ । क्वालकमले स्नापड्रागन ७ सी जेन २ मा काइरो सिपियू प्रयोग गरिएको छ जसले क्लक स्पीड २.५५ गिगाहर्जले बढाईदिने गर्दछ ।

कम्पनीका अनुसार यो चिपले १० प्रतिशत छिटो परफोरमेन्स दिने दावी गरेको छ । ७ सी जेन २ ले अरु आफू सरहको चिप भन्दा दुई गुणा बढी ब्याट्री लाइफ दिने पनि दावी कम्पनीको छ ।

सन् २०१९ को भन्दा यो पालि सिपियूमा विशेष परिवर्तन गरिएको छ । यसमा एड्रिनो ६१८ जिपियू प्रयोग गरिएको छ । यसको डाउनलोड स्पीड ८०० मेगाबाइट पर सेकेण्ड रहेको छ ।

यो चिप शिक्षाको लागि बनाइएको हो । यो चिप पहिलो पटक लेनेभो ल्यापटपमा प्रयोग भएको छ ।