कीवर्डहरू -

इन्स्टिच्युट अफ इन्जिनियरिङमा \'अमेजन वेब सर्भिस क्लाउड एकेडेमी\' सुरु हुँदै 

इन्स्टिच्युट अफ इन्जिनियरिङमा \'अमेजन वेब सर्भिस क्लाउड एकेडेमी\' सुरु हुँदै 

इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई), पुलचोकमा अमेजन वेब सर्भिस (एडब्लुएस) क्लाउड एकेडेमी सुरु हुने भएको छ । जेनेससंगै स्कील फर ईम्प्लोईमेन्ट प्रोग्राम(सिप) र यूकेएडको सहकार्यमा इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओइ) मा अमेजन वेब सर्भिस (एडब्लुएस) क्लाउड एकेडेमी सुरु हुने भएको हो ।

नेपालमै पहिलो पटक एडब्लुएस क्लाउड एकेडेमी सुरु हुने भएको कम्पनिले जानकारी दिएको छ । कार्यक्रमको औपचारिक सुरुवात जुन १ तारिखको दिन मंगलबार दिउँसो १ ः३० बजेदेखि जूम मार्फत सञ्चालन हुनेछ । जेनेसले इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग मास्टर्स प्रोग्रामका विद्यार्थीका निम्ति प्रविधिमा आधारित शिक्षाको परिवर्तनका निम्ति सेसन आयोजना गर्ने भएको हो ।

यो कार्यक्रम सातै प्रदेशलाई समेट्ने गरी संचालनमा ल्याइने छ । कार्यक्रममा यूकेएड र जेनेसको सहकार्यले ल्याएको परिवर्तनको बारेमा पनि छलफल गरिनेछ । औपचारिक सुरुवातको कार्यक्रममा सहभागी हुन् यहाँँ क्लिक गर्नुहोस् ।