कीवर्डहरू -

यसै वर्ष सुरु हुने फाइभजी परीक्षणकालको एकवर्षसम्म निशुल्क चलाउन पाइने

यसै वर्ष सुरु हुने फाइभजी परीक्षणकालको एकवर्षसम्म निशुल्क चलाउन पाइने

नेपालमा यसै वर्ष फाइभजी सुरु हुने भएको छ । सन् २०२१ मा फाइभजीको परीक्षण सुरु गर्ने तयारी भइरहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

साथै, सन् २०२२ मा परीक्षणकाल सकेर त्यसपछि व्यवसायीक सुरुवात गर्ने उसको योजना छ ।

सन्  २०२५ सम्म देशभरी विस्तार गर्ने योजना नेपाल दूरसञ्चार प्राधिकराणको रहेको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

उक्त वर्ष मुलुकका प्रमुख सहरहरुमा फाभाइजीको व्यवसायिक सुरुवात गर्ने प्राधिकरणको योजना रहेको खनालले जानकारी गराए ।

बिहीबार भर्चुअल रुपमा भएको सातौं वार्षिक ‘एसिया प्यासिफिक स्पेक्ट्रम म्यानेजमेन्ट कन्फेरेन्स’मा बोल्दै खनालले एक वर्षमा फाइभजी सुरुवात गर्ने र २०२२ सम्म परीक्षणकाल सक्ने योजना रहेको बताए ।

साथै, उनले नेपालमा फाइभजी सुरु भएको परीक्षणकालको एकवर्षसम्म निशुल्क चलाउन पाइने सुविधा उपलब्ध गराउनेसमेत जानकारी गराए ।

सन् २०२८ सम्म ७० प्रतिशत नेपालीले फाइभजी चलाउने गरी प्राधिकरणले काम गरिरहेको बताए ।
फाइभजी सञ्चालनको लागि ७ सय मेगाहर्ज व्यान्डविथ प्रयोग गर्ने तयारी प्राधिकरणको रहेको छ ।

सरकारले यसअघि नै फाभाइभजी परीक्षण गर्न अनुमति दिइसकेको छ । नेपाल टेलिकमले फाइभजी परीक्षण गर्ने भनेर काम पनि गरिरहेको छ ।

फाइभजीको प्रयोगले मुलुकको डिजिटल अर्थतन्त्रलाई उकास्न सहयोग गर्ने उनले बताए ।

खनाललको कार्यक्रममा सम्बोधन गर्दै नेपालको भौगोलिक अवस्थाका कारण केही कठिनाइ भएको बताए ।  जस्तो कि बिटिएस टावर निर्माण, अप्टिकल फाइबर विछ्याउने लगायतक काममा अप्ठोरो रहेको बताएका थिए ।