कीवर्डहरू -

‘एक वर्षमा फाइभजी सुरु हुन्छ, एक वर्षसम्म निशुल्क चलाउन पाइन्छ’ 

‘एक वर्षमा फाइभजी सुरु हुन्छ, एक वर्षसम्म निशुल्क चलाउन पाइन्छ’ 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एक  फाइभजी सुरु गर्ने बताएका छन्।

बिहीबार भर्चुअल रुपमा भएको सातौं वार्षिक ‘एसिया प्यासिफिक स्पेक्ट्रम म्यानेजमेन्ट कन्फेरेन्स’मा बोल्दै खनालले स्न २०२१ भित्र फाइभजीको सुरुवात गर्ने र सन् २०२२ भित्र परीक्षण सक्ने तयारी भइरहेको बताए ।

साथै, उनले नेपालमा फाइभजी सुरु भएको एक वर्ष परीक्षणअवधिसम्म निशुल्क चलाउने सुविधा उपलब्ध गराउनेसमेत जानकारी गराए ।

सन् २०२८ सम्म ७० प्रतिशत नेपालीले फाइभजी चलाउने गरी प्राधिकरणले काम गरिरहेको बताए ।
फाइभजी सञ्चालनको लागि ७ सय व्यान्डविथको प्रयोग गर्ने तयारी प्राधिकरणको रहेको छ ।