कीवर्डहरू -

कनेक्ट आईपीएसबाट जीवन बिमाको प्रिमियम भुक्तानी गर्दा २५ हजार सम्म रकम फिर्ता पाउने अवसर

कनेक्ट आईपीएसबाट जीवन बिमाको प्रिमियम भुक्तानी गर्दा २५ हजार सम्म रकम फिर्ता पाउने अवसर

नेपाल क्लियरिङ हाउसले ‘इन्स्योरेन्स प्रिमियम भुक्तानीको ७ मा ७ अफर’ ल्याएको छ । कम्पनीले कनेक्ट आईपीएसबाट जीवन बिमाको प्रिमियम भुक्तानी गर्दा हरेक ७ दिनमा ७ जनाले १ हजार रूपैयाँसम्को प्रिमियम रकम फिर्ता पाउने छन् ।

त्यस्तै एकजना भाग्यशालीले प्रिमियम भुक्तानी बराबरको पुरै वा अधिकतम २५ हजार रूपैयाँ सम्म रकम फिर्ता पाउने छन् । यो अफर जेठ १३ गतेदेखि असार ३० सम्म लागु हुनेछ ।

लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी कनेक्ट आईपीएसको वेबसाइट वा मोबाइल एपबाट गर्न सकिने छ । प्रत्येक हप्ता प्रिमियम तिर्ने मध्येबाट ७ जना लक्की विजेता छनोट गरिने छ । लक्की विजेता प्रत्येक हप्ताको बिहीबार घोषणा गरिने कम्पनीले जनाएको छ ।