कीवर्डहरू -

नेपालमा ३ करोड ८२ लाख १२ हजार ८ सय मोबाइल फोन प्रयोगमा

नेपालमा ३ करोड ८२ लाख १२ हजार ८ सय मोबाइल फोन प्रयोगमा

चालु आर्थिक वर्षको फागुनसम्म नेपालमा ३ करोड ८२ लाख १२ हजार ८ सय मोबाइल फोन प्रयोगमा रहेका सरकारले बताएको छ ।

सरकारले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्म ३ करोड ८२ लाख १२ हजार ८ सय मोबाइल फोन प्रयोगमा रहेको उल्लेख गरिएको छ ।

२०७७ असारसम्म ३ करोड ७० लाख ७३ हजार ६ सय ६२ मोबाइल फोन प्रयोगमा रहेका थिए । साथै आधारभूत (फिक्स्ड) टेलिफोनको संख्या कम हुँदै गएको सर्वेक्षणमा जानकारी दिइएको छ ।