कीवर्डहरू -

२० लाख ८७ हजार ६ सय ८३ स्मार्ट लाइसेन्स वितरण

२० लाख ८७ हजार ६ सय ८३ स्मार्ट लाइसेन्स वितरण

चालु आर्थिक वर्षको फागुसम्म २० लाख ८७ हजार ६ सय ८३ सवारी चालक अनुमति पत्र (इलेक्ट्रोनिक स्मार्ट कार्ड) वितरण भएको छ ।

सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा गत फागुनसम्म २० लाख ८७ हजार ६ सय ८३ सवारी चालक अनुमति पत्र (इलेक्ट्रोनिक स्मार्ट कार्ड) वितरण भएको उल्लेख गरिएको छ ।

‘२०७७ असारसम्म १८ लाख १३ हजार २९१ सवारी चालक अनुमति पत्र (इलेक्ट्रोनिक स्मार्ट कार्ड) विरतण भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म २ लाख ७४ हजार ३ सय ९२ वितरण भई जम्मा २० लाख ८७ हजार ६ सय ८३ सवारी चालक अनुमति पत्र (इलेक्ट्रोनिक स्मार्ट कार्ड) वितरण भएको छ,’ सर्वेक्षणमा भनिएको छ ।