मंगलबार, १४ मङ्सिर, २०७८
Tuesday, 30 November, 2021

राष्ट्रिय साइबर सुरक्षा नीतिको मस्यौदामाथि राय तथा सुझाब दिन आग्रह, यस्तो छ तरिका

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय साइबर सुरक्षा नीति २०७८ को मस्यौदामाथि राय, सुझाब, पृष्ठपोषण दिन आग्रह गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै राष्ट्रिय साइबर सुरक्षा नीति २०७८ को मस्यौदामाथि राय, सुझाब, पृष्ठपोषण उपलब्ध गराउन आग्रह हो ।

आगामी जेठ २८ गतेसम्म राष्ट्रिय साइबर सुरक्षा नीति २०७८ को मस्यौदामाथि राय, सुझाब, पृष्ठपोषण उपलब्ध गराउन सकिने छ । 

राष्ट्रिय साइबर सुरक्षा नीति २०७८ को मस्यौदा मन्त्रालयको वेबसाइटमा राखिएको छ । उक्त मस्यौदा माथिको राय, सुझाब, पृष्ठपोषण [email protected] वा  [email protected] इमेलमा उपलब्ध गराउन सकिने छ ।  


 

सम्बन्धित समाचार