कीवर्डहरू -

गुगल प्लस कोड अद्यावधिक गर्ने पहिलो बैंक बन्यो मुक्तिनाथ विकास बैंक

गुगल प्लस कोड अद्यावधिक गर्ने पहिलो बैंक बन्यो मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले आफ्नो सबै कार्यालयहरूको स्थान पहिचान गर्न सहज होस भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ ।

यो कोड गुगल नक्सामा टाइप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ । मुक्तिनाथ यस्तो कोड अद्यावधिक गर्ने नेपालको पहिलो बैंक हो ।

गुगल प्लस कोड गुगल नक्सामा आधारित जीपीएस प्रणालीले स्थान जनाउने कोड हो । सो कोडको प्रयोगले खोजेको स्थानको ढोकासम्म पुग्न सकिन्छ । यो व्यवस्थाले बैंकको कार्यालय सम्म पुग्न चाहनेहरुलाई अझ सहज हुनेछ ।

यो कोड सम्बन्धित कार्यालयमा फोन गरेर वा बैंकको वेवसाइटमा शाखाको विवरण रहेको स्थानमा हरेक शाखाको कोडहरु उपलब्ध गराइएको बैंकले जनाएको छ ।