कीवर्डहरू -

विश्वकै सबैभन्दा ठूलो थ्रीडी म्याप बनाउने एआई सुपरकम्प्युटर : पर्लम्युटर

विश्वकै सबैभन्दा ठूलो थ्रीडी म्याप बनाउने एआई सुपरकम्प्युटर : पर्लम्युटर

नयाँ एआई सुपरकम्प्युटर पर्लम्युटरले विश्वकै सबैभन्दा ठूलो थ्रीडी म्याप बनाउन मद्दत पुर्‍याउने भएको छ । यसले एस्ट्रोफिजिक्सका लागि पनि सहयोग गर्ने बताइएको छ ।

राष्ट्रिय ऊर्जा अनुसन्धान वैज्ञानिक कम्प्युटिङ केन्द्रले पर्लम्युटरको निर्माण गरेको हो । एआईका लागि यो सबैभन्दा छिटो सुपरकम्प्युटर हो र यसले ब्रह्माण्डको विस्तारलाई छिटो पार्ने डार्क उर्जा अध्ययन गर्नका निम्ति ठूलो थ्रीडी म्याप बनाउन मद्दत पुर्‍याउने छ ।

मेशिनले डार्क एनर्जी स्पेक्ट्रोस्कोपिक इन्स्ट्रुमेन्टबाट डाटा प्रोसेस गर्ने गर्दछ । पर्लम्युटरमा १ हजार ५३६ नोडहरु रहेको छ । हरेक नोडमा ६४ कोर ईपिवाईसी ७७६३ प्रोसेसर र चारओटा एनभीआईडिआईए ए १०० जिपियु रहेका छन् ।

यसले एकदमै छिटो क्यालकुलेसन गर्ने गर्दछ । वैज्ञानिकहरुले सन् २०२१ को अन्तय तिर हरेकमा ईपिवाईसी ७७६३ प्रोसेसर भएको ३ हजार ७२ सिपियु राख्ने भएको छ ।