कीवर्डहरू -

साइबर सुरक्षा परीक्षण अनिवार्य गर्ने, यस्तो छ नयाँ साइबर सुरक्षा नीतिको मस्यौदा

साइबर सुरक्षा परीक्षण अनिवार्य गर्ने, यस्तो छ नयाँ साइबर सुरक्षा नीतिको मस्यौदा

सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०७८ को मस्यौदा तयार गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय साइबर सुरक्षा नीति २०७८ को मस्यौदामाथि राय, सुझाव तथा पृष्ठपोषण दिन सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

साइबर जोखिमलाई सम्बोधन गर्दै व्यक्ति व्यवसाय एवं सरकारका लागि भरपर्दो सुरक्षित एवं लचिलो साइबर स्पेश निर्माण गर्ने दिर्घकालिन सोचसहित मस्यौदा निर्माण गरिएको हो ।

आगामी तीन वर्ष भित्र भरपर्दो सुरक्षित एवं लचिलो  साइबर स्पेश निर्माण गर्ने, आगामी पाँच वर्षभित्र भरपर्दो सुरक्षित एवं लचिलो  साइबर स्पेश निर्माणका लागि संस्थागत र संगठनात्मक पूर्वाधार स्थापना गर्ने नीतिको लक्ष्य रहेको छ ।

त्यस्तै साइबर जोखिमलाई न्युनिकरण गर्न, जनचेता वृद्धि एवं दक्ष जनशक्ति उत्पादन गर्ने, जोखिम कम गर्न अन्तराष्ट्रिय तथा राष्ट्रिय समुदायसँग सहकार्य गर्ने लक्ष्य राखीएको छ ।

नीतिको रणनीतिमा साइबर सुरक्षालाई सुदृढ गर्न सबल एवं सुरक्षित प्रविधि, पूर्वाधार र प्रक्रियाको व्यवस्था गरिने, दक्ष जनशक्ति उत्पादन गरिने, जनचेतना अभिवृद्धि गरिने, सुरक्षित अनलाइन स्पेश निर्माण गरिने लगायतका छन् ।

नीतिको कार्यनीतिमा नागरिकहरुका संवेदनशील त्थ्यांकहरु संकलन प्रशोधन, प्रयोग तथा भन्डार गर्ने नीजी तथा सार्वजनिक निकायहरुलाई आवधिक रूपमा साइबर सुरक्षा परीक्षण अनिवार्य गर्ने व्यवस्था मिलाइने, अनलाइन पहिचानको सुरक्षा तथा डाटा सम्बन्धि उपायहरु अबलम्बन गरिने लगायतका विषय  समेटिएका छन् ।

गुणस्तरीय सफ्टवेयर निर्माणका लागि आवश्यक पर्ने मापदण्ड लागु गर्ने, साइबर सुरक्षा सम्बन्धि आक्रमणहरुका बारेमा अद्यावधिक सूचना आदान प्रदान गर्न डिजिटल पूर्वाधार विकास गरिने।

विद्यालयको पाठ्यक्रममा साइबर सुरक्षा सम्बन्धि विषयलाई समावेश गरिने लगायतका विषय रणनीतिमा उल्लेख छन् ।

सरकारी निकायहरुको एप्लिकेसन र इमेलमा विद्युतीय हस्ताक्षरको प्रयोग अनिवार्य गर्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रायले राष्ट्रिय साइबर सुरक्षा नीति २०७८ को मस्यौदामाथि राय, सुझाव तथा पृष्ठपोषण दिन सरोकारवालाहरुलाई आग्रह गरेको छ । मस्यौदामाथि आगामी जेठ २८ गतेसम्म राय सुझाव दिन सकिने छ ।

उक्त मस्यौदा माथिको राय, सुझाब, पृष्ठपोषण [email protected] वा [email protected] इमेलमा उपलब्ध गराउन सकिने छ ।

यस्तो छ राष्ट्रिय साइबर सुरक्षा नीती २०७८ को मस्यौदाको पूर्ण पाठ