कीवर्डहरू -

चन्द्रमामा परिवर्तन हुने खालको रोबोट बल पठाउँदै जापान

चन्द्रमामा परिवर्तन हुने खालको रोबोट बल पठाउँदै जापान

जापानले चन्द्रमामा परिवर्तन हुने खालको रोबोट बल पठाउने भएको छ । जापानको एरोस्पेस अन्वेषण एजेन्सीले (जएएक्सए) सोनी, डोसिशा विश्वविद्यालय र खेलौना बनाउने कम्पनी टोमीसँग सम्झौता गरेर सो रोबोट बनाएको हो ।

यो भकुण्डो आकारको रोबोटले चन्द्रमाको माटो परिक्षण गर्ने भएको छ । सन् २०२९ मा क्रुयड रोभरले चन्द्रमाको माटोको विस्तृत परिक्षण गर्ने भएको छ ।

यो रोबोट ८.८ आउन्सको रहेको छ जसले जाँचको लागि उपकरणहरु बोकेर लानेछ । चन्द्रमाको सतहमा पुगेपछि रोबोटले आफ्नो सम्पूर्ण आकार लिने छ र चन्द्रमाको सतहको फोटो खिच्नेछ ।

यही कारणले गर्दा रोबोट भविष्यको प्रोजेकटहरुमा उपयोग गर्न सकिनेछ । सोनीले यो रोबोटमा नियन्त्रण गर्ने प्रविधि प्रदान गरेको थियो र टोमी र डोसिशाले रोबोटको डिजाइन निर्माणमा मद्दत पुर्‍याएका थिए ।

रोबोटमा सन् २०१६ देखि नै अध्ययन भइरहेको थियो तर निर्माण प्रक्रिया भने सोनी सन् २०१९ मा आएपछि सुरु भएको थियो । यो ट्रान्सफरमर रोबोटलाई जापानले सन् २०२२ मा लञ्च गर्ने भएको छ ।