कीवर्डहरू -

अनलाइनबाटै निःशुल्क पाइथन प्रोग्रामिङ सिकाउँदै फेस्ट, यसरी हुनुहोस् सहभागी

अनलाइनबाटै निःशुल्क पाइथन प्रोग्रामिङ सिकाउँदै फेस्ट, यसरी हुनुहोस् सहभागी

कोरोना महामारिका कारण जारी निषेधाज्ञाको समय सदुपयोग गर्ने उद्देश्वका साथ फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजीले अनलाइनबाटै निःशुल्क रुपमा पाइथन प्रोग्रामिङ सञ्चालन गर्ने भएको छ । फेस्ट कम्पनिले यसअघि पनि विभिन्न अनलाइन मार्फत विभिन्न कोर्षहरु निःशुल्क सञ्चालन गरेको थियो ।

आगामी जेठ २५ गतेबाट शुरु हुने निशुल्क कक्षा २९ जेठ सम्म सञ्चालन हुनेछ । कक्षा दैनिक ९० मिनेटसम्म सञ्चालन हुने आयोजनकले जनाएको छ ।

निःशुल्क अनलाइन कक्षामा पाइथन प्रोग्रामिङ  अवसर र क्यारियरको विषयमा चर्चा गरिनेछ । पाइथनबाट बनेका विभिन्न प्रोजेक्टहरु बारेमा पनि जानकारी दिइनेछ । निःशुल्क कक्षामा पाइथनको फण्डामेन्टल्स, फ्रेमवर्क, स्कोप र एप्रोचेज आदी विभिन्न विषयमा केन्द्रीत रहेर तालिम सञ्चालन हुनेछ ।

पाइथन सेसनका लागि सुरुमा रजिस्टर गर्नेलाई प्राथमिकता दिइनेछ कम्पनीले जनाएको छ ।  सेसनको समय विहान ११ बजे देखि १२ः३० बजे सम्म सञ्चालन हुनेछ ।

निःशुल्क रुपमा पाइथन प्रोग्रामिङ सिक्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी फाराम भर्नुहोस् र आफ्नो सिट सुरक्षित गर्नुहोस् ।

फेस्टले लकडाउनमा नै निशुल्क वर्णमाला गुगल प्ले स्टोरमा सार्वजनिक र सयौँ जनालाई प्रोग्रामिङ ल्याङवेज पढाइसकेको छ । विशेष गरी फेस्ट शिक्षा क्षेत्रमा काम गरिरहेको छ ।

फेस्टले विभिन्न क्षेत्रसँग सम्बन्धित सफ्टवेयर, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउने र आइटी सम्बन्धि काम परामर्श र इन्टनसिप र जागिरको व्यवस्था गर्ने काम पनि गरिरहेको छ ।

फेस्ट कम्पनिले विज्ञान र प्रविधिको क्षेत्रमा विगत ७ वर्ष देखि निरन्तर रुपमा सरकारी तथा गैरससरकारी संस्थाहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेको छ ।