कीवर्डहरू -

एउटै एपमा सबैथोक भएको ‘मेरो कुन्डली’

एउटै एपमा सबैथोक भएको ‘मेरो कुन्डली’

नेपाली बजारमा ‘मेरो कुन्डली’ मोबाइल एप सार्वजनिक छ । मेरो कुन्डली एप केही महिना अगाडि इलाइट इन्फो टेक प्रालिले नेपाली बजारमा सार्वजनिक गरेको हो ।

एपमा आजको पञ्चाङ्ग, पात्रो, राशिफल, मौसम, मिति परिवर्तन, विनिमय दर, पोडकास्ट, ज्योतिष अपोइनमेन्ट, रेडियो, ब्लग, समाचार, भिडियो लगायतका सुविधा रहेका छन् ।

मेरो कुन्डलीको सेवा एन्ड्रोइड फोन र वेबसाइटबाट प्रयोग गर्न सकिन्छ । मेरो कुन्डली एप हाल गूगल प्ले स्टोरबाट ५ हजार भन्दा बढी डाउनलोड भएको छ ।

साथै मेरो कुन्डली एप अबको दुई हप्तामा आईओएसमा पनि उपलब्ध हुने इलाइट इन्फो टेकले जानकारी दिएको छ । कम्पनीका अनुसार विभिन्न सेवा सुविधाहरु एउटै एपबाट दिने उद्देश्यले यो एपको विकास गरिएको हो ।

मेरो कुन्डलीमा आगामी दिनमा लगनगाठो लगायतका सुविधा थप्दै जाने कम्पनीको योजना रहेको छ । कम्पनीले एपमा समाचारका लागि विभिन्न न्युज पोर्टललाई समावेश गरेको छ ।

मेरो कुन्डली एपको पोडकास्ट सेक्सनमा कम्पनीले उत्पादन गरेका र मेरो दुई पैसाका अडियो रहेका छन् । कम्पनीले पोडकास्टका लागि अरूसँग पनि सहकार्य गर्दै छ ।

एपबाट हाल १५ भन्दा बढी रेडियो सुन्न सकिन्छ । मेरो कुन्डलीबाट ज्योतीषीसँग कुरा गर्न सकिने कम्पनीले बताएको छ ।

एन्ड्रोइड फोनमा मेरो कुन्डली एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । साथै वेबसाइटमा प्रवेश गर्न यहाँ क्लिक गर्नुहोस् ।