कीवर्डहरू -

२३ लाख ८५ हजार ९ सय २९ कित्ता आईपीओ जारी गर्दै डिशहोम

२३ लाख ८५ हजार ९ सय २९ कित्ता आईपीओ जारी गर्दै डिशहोम

सर्वसाधारणका लागि डिशहोमले १०० रूपैयाँ मूल्यको २३ लाख ८५ हजार ९ सय २९ कित्ता शेयर जारी गर्ने भएको छ । डिशहोमले यसअघि नै आईपीओ जारीका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

अब धितोपत्र बोर्डबाट अनुमति पाएपछि डिशहोमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जानकारी दिएको छ । २०७७ सालको असारमा डिशहोमले आईपीओ जारी गर्नका लागि धितोपत्र बोर्डमा अनुमति मागेको थियो ।

डिशहोम सन् २०१७ मा प्रब्लिक कम्पनीमा रूपान्तरण भएको थियो । हाल डिशहोमले इन्टरनेट सेवा समेत दिन थालेको छ ।

डिशहोम नेपालको सबैभन्दा ठूलो एचडी र डिजिटल टेलिभिजन च्यानलहरुको प्रसारण र प्रसारक सेवाको सञ्चालक हो । नेपालको ७७ जिल्लाहरुमा सेवा सञ्चालन भएसँगै यो नेपालको सम्पूर्ण बजारहरुमा सक्रिय रहेको छ ।