कीवर्डहरू -

भारतमा फाइभजीको लागि स्पेकट्रम बाँडफाँड, मिड व्यान्डको प्रयोग गरिने

भारतमा फाइभजीको लागि स्पेकट्रम बाँडफाँड, मिड व्यान्डको प्रयोग गरिने

भारतको दूरसञ्चार विभागले दूरसञ्चार सेवा प्रदायकहरुलाई फाइभजी प्रयोगका लागि स्पेकट्रम बाँडफाँड गरेको छ । दूरसञ्चार विभागले एयरवेब दूरसञ्चार प्रदायकहरुलाई बाँडन थालेको छ ।

भारतको दूरसञ्चार विभागले दिल्ली, मुम्बई, कोलकता, बैङ्गलुरु र हाइद्राबादमा फाइभजी परीक्षण सुरु गर्ने भएको छ ।

दूरसञ्चार प्रदायकहरुलाई विभिन्न ठाउँहरुमा ७०० मेगाहर्ज, ३.३–३.६ गिगाहर्ज र २४.२५ –२८.५ गिगाहर्ज इन्टरनेट ब्याण्ड दिने भएको छ । चिनियाँ दूरसञ्चार प्रदायकहरुलाई स्पेकट्रम बाँडफाँडमा सम्मेलित गरिएको छैन् ।

फाइभजी परीक्षण समाप्त भएपछि फाइभजी स्पेकट्रमको निलामी पनि हुनेछ । भारतमा दूरसञ्चार विभागले रिलायन्स जिओ, भारत्ती भोडाफोन आईडिया र एमटिएनएललाई  फाइभजी परीक्षण गर्न दिने भएको छ ।

भारतीय सरकारअनुसार फाइभ जीले फोरजीभन्दा १० गुणा बढि डाउनलोड स्पीड दिने पनि बताएको छ । फाइभ जीको परीक्षण टेलि मेडिसिन, टेलि शिक्षा र ड्रोन आधारित कृषि सर्वेक्षणमा प्रयोग गरिने भएको छ । यी परीक्षणहरु विशेष गरी दुर्गम क्षेत्रहरुमा गरिने भएको छ ।