कीवर्डहरू -

‘समाजवाद उन्मुख अर्थतन्त्रको लागि टेलिकमको २२ प्रतिशत शेयर ग्राहकलाई दिन लागेका हौं’

‘समाजवाद उन्मुख अर्थतन्त्रको लागि टेलिकमको २२ प्रतिशत शेयर ग्राहकलाई दिन लागेका हौं’

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले समाजवाद उन्मुख अर्थतन्त्रको लागि नेपाल टेलिकमको २२ प्रतिशत शेयर ग्राहकहरुलाई वितरण गर्न लागिएको बताएका छन् ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरूङले नेपाल टेलिकमको सेवा लिदा ग्राहकहरुले त्यो सेवालाई अब शेयर रूपान्तरण गर्न पाउने ‍ बताए ।

नेपाल टेलिकम नेपालको सबैभन्दा बढी कमाउने र राजस्व तिर्ने सरकारी कम्पनी मध्ये एक हो । यस्तो नाफामूलक कम्पनीको हिस्सेदार जनता हुन पाउने की नपाउने भन्दै मन्त्री गुरूङले प्रश्न गर्दै भने, ‘सरकारको स्वामित्वमा रहेको ९२ प्रतिशत शेयर मध्ये २२ प्रतिशत शेयरलाई अब जनताले टेलिफोन, डाटा उपयोग गर्छन् वा नेपाल टेलिकमको सेवा लिदा त्यसलाई शेयरमा रूपान्तरण गर्न पाउने छन् ।’

यसले जनतालाई धनी बनाउने, समृद्ध नेपाललाई र नेपालको गरिबीलाई अन्त्य गर्न सहयोग पुर्‍याउने उनको भनाई थियो ।