कीवर्डहरू -

आईडीपी कार्ड प्रिन्टरबाट जुनसुकै समयमा नयाँ आइडी कार्ड प्रिन्ट गर्न सकिने

आईडीपी कार्ड प्रिन्टरबाट जुनसुकै समयमा नयाँ आइडी कार्ड प्रिन्ट गर्न सकिने

कोरोना महामारीले देश आक्रान्त छ । अत्यावश्यक बाहेकका सबै सेवा ठप्प छन् । कोरोना महामारीको समयमा विरामीको उपचार गर्न जनशक्ति अभाव भएपछि विभिन्न अस्पताहरुले स्वास्थ्यकर्मीहरु करारमा लिइरहेका छन् ।

यस्तो अवस्थामा नयाँ कर्मचारीका लागि परिचयपत्र प्रिन्ट गर्नुपर्ने हुन सक्छ । निषेधाज्ञामा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीको लागि परिचय पत्र अनिवार्य छ ।

यही समस्यालाई समाधान गर्न नेपाली बजारमा ‘आईडीपी कार्ड प्रिन्टर’ उपलब्ध रहेको छ । सागर ग्रुपले नेपालमा लामो समयदेखि आईडीपी कार्ड प्रिन्टर विक्री वितरण गर्दै आएको छ ।

यसका लागि सागर ग्रुप नेपालको आधिकारिक विक्रेता समेत हो । सागर ग्रुपका देशभर ५०० डिलर रहेका छन् । आईडीपी स्मार्ट प्रिन्टरबाट संस्थाले चाहे जस्तै छिटो छरितो रूपमा परिचय पत्र (कार्ड) प्रिन्ट गर्न सकिन्छ ।

यस विषम परिस्थितिमा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी लगायत सम्पूर्ण कर्मचारी लाई  उच्च सम्मान गर्दै नियमित रूपमा दिएको छुट भन्दा विशेष छुट दिने  व्यवस्था मिलाएको सागर  ग्रुपका सेल्स निर्देशक विजय के.सी.ले बताए ।

‘निषेधाज्ञाको समयमा कसैलाई आईडिपी प्रिन्टर कार्ड आवश्यक परेमा डेलिभरी समेत हुन्छ,’ के.सी.ले आइसिटी समाचारसँग भने । आईडिपी कार्ड प्रिन्टर मूल्य मोडेल अनुसार फरक फरक तोकिएको छ ।

\"\"

आईडिपी कार्ड प्रिन्टरलाई कम्प्युटरसँग जोडेर कुनै पनि संस्थाले आफुलाई आवश्यक परेको आईडि कार्ड प्रिन्ट गर्न सक्छन् । यसको सफ्टवेयरमा पहिले नै डिजाइन गरिएको आईडि कार्डको फर्म्याट पनि रहेको छ ।

ती फर्म्याटलाई पनि एडिट गरेर कार्ड प्रिन्ट गर्न सकिन्छ भने आफुले डिजाइन गरेको फर्म्याटमा पनि आइडी कार्ड प्रिन्ट गर्न सकिन्छ ।

कम्पनीका अनुसार यसले आइडि कार्ड प्रिन्ट गर्न प्रिन्टिङ प्रेसमा जानु नपर्ने तथा समय र पैसा दुवैको बचत गर्नेछ । संस्थाको आन्तरिक लोगो, डिजाइन, डाटा पनि सुरक्षित हुने कम्पनीको विश्वास रहेको छ ।

यसबाट प्लास्टिक कार्ड प्रिन्टिङ, युभी प्यानल, लेमिनेसन, रिराइटेबल, इनकोडिङ जस्ता कार्डहरू प्रिन्टिङ गर्न सकिने केसीले बताए । नेपालमै सपोर्ट सेन्टर उपलब्ध भएकाले प्राविधिकसँग जुनसुकै समयमा पनि सपोर्ट लिन सकिने छ ।

प्रिन्ट गरेको कार्ड मा फोटो, लोगो र सबै अक्षर उच्च गुणस्तर हुन्छ । यसले ३००,६०० र १२०० डीपीआईमा कलर प्रिन्टिङ गर्दछ । यसले २० प्रति सेकेन्डमा १ कार्ड प्रिन्ट गर्छ ।

यसले मेम्बरसिप कार्ड,बैंक तथा वित्तीय संस्थाका लागि एटिएम कार्ड देखि सम्पूर्ण प्रयोजनको परिचय पत्र   (आइडी कार्ड) प्रिन्ट गर्न सक्छ ।

\"\"

यो मेसिन चलाउन एलइडी बटनहरु पनि उपलब्ध रहेको छन् । आईडीपी कार्ड प्रिन्टिङ हाल नेपालको त्रिभुवन विश्वविद्यालय, विभिन्न सरकारी निकाय, दुताबास, स्कुल, अस्पताल लगायत अन्य संस्थाहरुले प्रयोग गर्दै आएका छन् ।

आईडीपी कोरियाको एक उत्कृष्ट ब्रान्ड हो । आईडीपी आईएसओ ९००१ बाट प्रमाणित कम्पनी हो । आईडीपीले नयाँ कार्ड इनकोडिङ तथा डिकोडिङ गर्नुका साथै कन्ट्याक्टलेस, म्यागेटिक स्ट्राइप टेक्नोलोजी कार्डलाई सपोर्ट गर्दछ ।