कीवर्डहरू -

आज ४ बजेदेखि राष्ट्रिय साइबर सुरक्षा नीतिको मस्यौदामाथि छलफल हुँदै, यसरी हुनुहोस् सहभागी

आज ४ बजेदेखि राष्ट्रिय साइबर सुरक्षा नीतिको मस्यौदामाथि छलफल हुँदै, यसरी हुनुहोस् सहभागी

आईतबार अपराह्रन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको राष्ट्रिय साइबर सुरक्षा नीति २०७८ को मस्यौदामाथि छलफल हुने भएको छ ।

इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट, एफडिई र डिजिटल राइट्स नेपालले आयोजना गरेको भर्चुअल कार्यक्रममा राष्ट्रिय साइबर सुरक्षा नीति २०७८ को मस्यौदामाथि सरोकारवालाबीच छलफल हुने भएको हो ।

त्यस्तै कार्यक्रमको सहआयोजकमा डेल्टा ल, नेपशर्ट, नेपाल इन्टरनेट फाउन्डेसन, सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन, मिडिया एक्सन नेपाल रहेका छन् ।

\"\"

आज ४ बजेदेखि शुरू हुने छलफल कार्यक्रममा वक्ताको रूपमा नेपाली कांग्रेसका नेता गगन थापा, संसदको कानुन न्याय तथा मानव अधिकार समितिका अध्यक्ष कृष्ण भक्त पोखरेल, सूचना तथा सञ्चार प्रविधि मन्त्रायलका सह सचिव अनिल कुमार दत्त, इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटका अध्यक्ष मनोहर कुमार भट्टराई, इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट सीईओ बाबु राम अर्याल उपस्थित हुनेछन् ।

त्यसैगरी कार्यक्रममा वक्ताको रूपमा नितु पण्डित, जेनेस सोलुसनका ग्लोबल सीटीओ अञ्जनी फुँयाल, पूर्व डिआईजी डा. राजिव सुब्बा, विवेक राणा, अनलाइन पत्रकार संघका पूर्व अध्यक्ष केपी ढुंगाना र सेन्टर फर साइबर सेक्युरिटी एण्ड रिसर्च इनोभेसन नेपालकी उपाध्यक्ष रोजा किरण बासुकला पनि सहभागी हुनेछन् ।

तपाई पनि आजको यस कार्यक्रम सहभागी हुन् चाहनुहुन्छ भने यहाँ क्लिक गरी रजिष्टर गर्नुहोस् । साथै राष्ट्रिय साइबर सुरक्षा नीति २०७८ को मस्यौदा पढ्न यहाँ क्लिक गर्नुहोस् ।