कीवर्डहरू -

लुडो कौशलको खेल नभई भाग्यको खेल घोषणा गर्न भारतको उच्च अदालतमा रिट दायर

लुडो कौशलको खेल नभई भाग्यको खेल घोषणा गर्न भारतको उच्च अदालतमा रिट दायर

भारतको बम्बे उच्च अदालतमा बिहिबार लुडोलाई कौशलको खेल नभई भाग्यको खेल घोषणा गर्न रिट दायर गरेको छ ।

यो रिट महाराष्ट्र नव निर्माण सेनाका अधिकारी केशव मुलेले दायर गरेका हुन् । उनको रिटमा मान्छेहरुले पैसा हालेर ‘लुडो सुप्रिम एप’ भन्ने गेम खेल्न थालेको बताइएको छ ।

यो महाराष्ट्र रोकथाम जुवा ऐन, १८८७ को सेक्सन ३,४ र ५ अनुसार प्रतिबन्धित रहेको छ । सोही कारणले लुडो जुवाका रूपमा फैलन थालेका भन्दै लुडो एपसँग सम्बिन्धत व्यक्तिहरु र व्यवस्थापन समितिलाई सजाय दिन माग गरेका छन् ।

एपमा खेल्दा प्रति व्यक्ति ५ रुपैयाँको दाउ लाग्ने र विजेताले १७ रुपैयाँ पाउने हुँदा यसले धेरै प्रयोगकर्ताहरुलाई आर्कषित गरिरहेको पनि पाइएको छ ।

यो भन्दा पहिले मुले मजिस्ट्रेट कोर्ट पुग्दा कोर्टले यसलाई कौशलको खेल हो भन्ने बताएको थियो । मजिस्ट्रेट कोर्टमा आफ्नो एफआइआर दर्ता नभएपछि उनी उच्च अदालत पुगेको बताइएको छ । यो केसको सुनुवाइ २२ जुनमा हुने छ ।