कीवर्डहरू -

कर्मचारीको पेन्सन अब विद्युतीय माध्यमबाट सोझै खातामा

कर्मचारीको पेन्सन अब विद्युतीय माध्यमबाट सोझै खातामा

सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीको मासिक निवृत्तभरण रकम अब सिधै उनीहरुको खातामा जम्मा हुने भएको छ। सरकारले विद्युतीय कोष हस्तान्तरणबाटै सोझै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने प्रणाली आजदेखि लागु गरेको छ ।

सेवा निवृत्त राष्ट्रसेवकहरूको मासिक पेन्सन विद्युतीय माध्यमबाट सोझै व्यक्तिको खातामा जम्मा हुने प्रणाली (इएफटी) सुरू गरिएको महालेखा नियन्त्रकको कार्यालयका महालेखा नियन्त्रक मधु मरासिनीले बताए ।

उनका अनुसार तत्काल करिब २ लाख ७६ हजार सेवानिवृत्त कर्मचारीले लाभ प्राप्त गर्ने र डिजिटल गभर्नेनसमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसले निवृत्तभरण प्राप्त गर्ने व्यक्तिले छिटो छरितो र प्रभावकारी सेवा प्राप्त गर्ने र डिजिटल नेपाल फ्रेमवर्कलाई लागु गर्न सघाउने पनि मरासिनीले बताए ।

निवृत्तभरण व्यवस्थापनमा सरकारको ठूलो रकम खर्च हुने सो रकम समयभित्रै सम्बन्धित निवृत्तभरण प्राप्त गर्ने व्यक्तिको खातामा नै सरकारी कोषभबाट व्यक्तिको खातामा भुक्तानी हुने भएकाले सरकारको नगद प्रवाह व्यवस्थापनमा समेत प्रभावकारिता बढ्ने  महालेखा नियन्त्रकको कार्यालयको विश्वास रहेको छ ।