कीवर्डहरू -

वान एक्स बेटको विज्ञापन गरिएको भिडियो हटाउन विज्ञापन बोर्डको निर्देशन

वान एक्स बेटको विज्ञापन गरिएको भिडियो हटाउन विज्ञापन बोर्डको निर्देशन

नेपाल विज्ञापन बोर्डले डिजिटल प्लेटफर्मबाट वान एक्स बेटको विज्ञापन गरिएको भिडियो हटाउन निर्देशन दिएको छ । यो विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को दफा ५ को उपदफा (१) को खण्ड (ख) को व्यवस्था विपरित भएकाले त्यस्ता गतिविधि तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

आईतबार एक सूचना प्रकाशित गर्दै बोर्डले नेपालमा केही समययता वान एक्स बेटको नाममा विभिन्न डिजिटल प्लेफर्म मार्फत अवैध जुवामा लगानी गर्न सकिने सम्बन्धि विज्ञापन भई कारोबार भइरहेको जानकारी आएकाले त्यस्ता भिडियो हटाउन आग्रह गरेको हो ।

यदी डिजिटल प्लेटफर्मबाट त्यस्ता विज्ञापन तथा प्रोमोसनल भिडियोहरु नहटाएमा कानून बमोजिम कारबाही हुने बोर्डले जानकारी दिएको छ ।

\"\"