कीवर्डहरू -

फोन नम्बरको आधारमा मान्छेलाई ब्लक गर्न मिल्ने फिचर ल्याउँदै टिन्डर

फोन नम्बरको आधारमा मान्छेलाई ब्लक गर्न मिल्ने फिचर ल्याउँदै टिन्डर

टिन्डरले फोन नम्बरको आधारमा मान्छेहरुलाई ब्लक गर्न मिल्ने फिचर ल्याउने भएको छ । यो फिचरले गर्दा तपाइले आफ्नो आफन्तजन वा पूर्व सम्बन्ध भएका मान्छेहरुलाई ब्लक गर्न सक्नुहुनेछ । यो फिचरको नाम ब्लक कन्ट्याक्टस फिचर रहेको छ ।

यसले गर्दा तपाईले स्वाइप गरिरहँदा तपाईसँग सम्पर्क नम्बर भएको व्यक्तिहरुलाई भेट्नुपर्दैन् । एपको इनटरनल ब्लक लिस्टमा राखेपछि ती प्रयोगकर्ताले तपाईलाई देख्न पाउनेछैनन् र तपाईले पनि तिनीहरुलाई देख्न पाउनुहुन्न् ।

ब्लक कन्ट्याक्टस फिचरले गर्दा अहिलेसम्म टिन्डर जोइननै नगरेको व्यक्तिलाई पनि ब्लक गर्न सकिन्छ । यो फिचर प्रोफाइल सेटिङग मेन्युबाट पाउन सकिन्छ ।

यो फिचर प्रयोग गरेर सहकर्मी, शिक्षक र अरु चिनजानको मान्छेलाई पनि ब्लक गर्न सकिने कम्पनीले बताएको छ । यसले अनलाइन डेटिङलाई केही हदसम्म सजिलो बनाउने कम्पनीको विश्वास रहेको छ ।