कीवर्डहरू -

आईफोन प्राविधिकले महिलाको अश्लील फोटो अनलाइनमा हालेपछि एप्पलले तिर्यो लाखौँ रुपैयाँ

आईफोन प्राविधिकले महिलाको अश्लील फोटो अनलाइनमा हालेपछि एप्पलले तिर्यो लाखौँ रुपैयाँ

आईफोन प्राविधिकले महिलाको अश्लील फोटो अनलाइनमा हालेको पुष्टि भएपछि एप्पलले लाखौँ रुपैयाँ तिरेको छ ।
आइफोन मर्मत गर्ने दुई जना प्राविधिकहरुले अरिगन विश्वविद्यालयकी एकजना छात्राको सन् २०१६ मा अश्लील फोटो तथा भिडियो हालेका थिए ।

यही केसलाई मिलाउन एप्पलले लाखौँ रुपैयाँ तिरेको हो । उनका ती तस्बीर र भिडियो उनकै फेसबुक अकाउन्टबाट ती व्यक्तिहरुले पोस्ट गरिदिएका थिए । उनीहरुले भने महिला आफैले हालेको दावी गरेका थिए ।
तर, जुनबेला ति अश्लील फोटो र भिडियो पोष्ट भएकाल थिए त्यो बेला महिलाको आइफोन मर्मतको लागि ति प्राविधिसँग थियो ।

महिलाको वकिलले गोपनीयता आक्रमण र भावनात्मक आघातका लागि मुद्दा हाल्ने धम्की दिएपछि एप्पलले क्षतिपूर्ति दिएर पेगट्रन (ममर्तको ठाउँबाट क्षतिपूर्ति प्राप्त गरेको छ ।

हालै पेगट्रन र बीमाकर्ता बीच लडाई को समयमा भुक्तानी कभर गर्न अस्वीकार गरेपछि यो कुरा चर्चामा आएको हो ।