कीवर्डहरू -

एप्पलले आईओएस १५ आएपछि पनि आईओएस १४ का लागि सेक्युरिटी अपडेट दिने

एप्पलले आईओएस १५ आएपछि पनि आईओएस १४ का लागि सेक्युरिटी अपडेट दिने

एप्पलले आईओएस १५ आईसकेपछि पनि आईओएस १४ का लागि सेक्युरिटी अपडेट दिने बताएको छ ।

तुरुन्तै नयाँ अपडेट इन्स्टल गर्न मन नहुनेहरुका लागि एप्पलले आईओएस १४ मा पनि सेक्युरिटी अपडेटहरु सार्वजनिक गर्ने निर्णय गरेको हो ।

सुरुमै नयाँ अपडेटहरुमा बग आक्रमण हुन सक्ने पनि डर हुने भएकाले धेरै प्रयोगकर्ताले पुरानै ओएस राख्न रुचाउने गर्दछन् । यो कुरा ओएस १४ मा पनि भएको थियो र त्यसपछि १४.०१, १४.०२ गरेर अपडेटहरु आएका थिए ।

केही दिन कुनै समस्या नदेखेमा मात्रै अरु प्रयोगकर्ताहरु पनि नयाँ अपडेटका लागि तयार हुने गर्दछन् । यसले आईओएस १५ राम्रोसँग सपोर्ट नगर्ने एपका लागि पनि मद्दत पुर्‍याउँछ ।