कीवर्डहरू -

ह्वावेले खोल्यो सबैभन्दा ठूलो साइबर सुरक्षा तथा प्राइभेसी संरक्षण सेन्टर 

ह्वावेले खोल्यो सबैभन्दा ठूलो साइबर सुरक्षा तथा प्राइभेसी संरक्षण सेन्टर 

ह्वावेले चीनको डोंग्वानमा आज आफ्नो सबैभन्दा ठूलो ग्लोबल साइबर सुरक्षा र प्राइभेसी संरक्षण ट्रान्सपरेन्सी सेन्टर खोलेको छ ।

नयाँ सेन्टरको उद्घाटनको साथसाथै ह्वावेले यसको प्रडक्ट साइबर सुरक्षा बेसलाइन पनि जारी गरेको छ । कम्पनीले पहिलो पटक समग्रमा उद्योगको लागि आफ्नो प्रडक्ट सुरक्षा आधारभूत ढाँचा र व्यवस्थापन अभ्यास उपलब्ध गराएको जनाएको छ ।

यी कार्यहरू कम्पनीको ग्राहक, आपूर्तिकर्ता, स्टान्डर्ड  संगठनहरु र अन्य सरोकारवालाहरुलाई संयुक्त रुपमा उद्योगभरमा साइबर सुरक्षा बृद्धि गर्ने प्रयासको हिस्सा हो ।

ह्वावेका रोटेटिंग अध्यक्ष केन हूले डोंग्वान केन्द्रको उद्घाटन गर्दै साइबर सुरक्षा पहिले भन्दा बढी महत्वपूर्ण भएको बताए  ।

‘एक उद्योगको रूपमा हामीले सँगै मिलेर काम गर्न, राम्रो अभ्यासहरू साझेदारी गर्न र शासन, मापदण्ड, प्रविधि र प्रमाणिकरणमा हाम्रो सामूहिक क्षमताहरू निर्माण गर्न आवश्यक छ,’ उनले भने, ‘हामीले सर्वसाधारण र नियामकर्ताहरूलाई उत्पादन तथा दैनिक रुपमा प्रयोग गर्ने सेवाहरूको सुरक्षामा विश्वास दिलाउन आवश्यक छ ।’

विगत केही वर्षमा उद्योग डिजिटलिकरण, फाइभजी र एआई जस्ता नयाँ प्रविधिहरूले साइबरस्पेसलाई पहिलेभन्दा बढी जटिल बनाएको उनले बताए ।

ह्वावेले साइबर प्रशासनमा विशेषज्ञता बाँड्न र टेक्निकल समाधानको लागि एकसाथ काम गर्ने उद्योगका सरोकारवालाहरूलाई मञ्च प्रदान गर्दै डोंग्वानमा नयाँ ग्लोबल साइबर सुरक्षा र प्राइभेसी संरक्षण ट्रान्सपरेन्सी सेन्टर खोलेको छ ।

सोलुसन प्रदर्शन र अनुभव सेयर गर्न, संचार र संयुक्त इनोभेसनलाई सुविधा दिन र सुरक्षा परीक्षण, प्रमाणिकरण समर्थन गर्नको लागि सेन्टर डिजाइन गरिएको हो ।

यो नियामककर्ताहरू, स्वतन्त्र तेस्रो-पक्ष परीक्षण संगठनहरू र मापदण्ड संगठनहरू साथै ह्वावे ग्राहकहरू, साझेदारहरू र आपूर्तिकर्ताहरूको लागि खुला हुनेछ ।

जीएसएमएका महानिर्देशक म्याट्स ग्रान्रीडले फाइभजी युगमा हाल रहेको र नयाँ सेवाहरूको डेलिभरी मोबाइल नेटवर्कले प्रदान गरेको कनेक्टिभिटीमा धेरै निर्भर गर्दछ र मौलिक रूपमा अन्तर्निहित प्रविधिको सुरक्षा र विश्वासमा निर्भर गर्ने बताए ।

कार्यक्रममा ह्वावेले आफ्नो उत्पादन साइबर सुरक्षा बेसलाइन पनि जारी गरेको छ । पछिल्ला वर्षहरूमा ह्वावेले १५ हजार भन्दा बढी नेटवर्कहरू निर्माण गरेको छ जुसले १७० देश र क्षेत्रहरूमा तीन अर्ब भन्दा बढी मानिसहरूलाई कनेक्ट गर्दछ ।

यीमध्ये कुनै पनि नेटवर्कले अहिलेसम्म ठूलो सुरक्षा घटना अनुभव नगरेको ह्वावेले जनाएको छ ।

‘हामीले हाम्रो सुरक्षा आधारभूत ढाँचा केवल मुख्य आपूर्तिकर्ता मात्र संग नभई समग्र उद्योगसँग साझेदारी गरेको यो पहिलो पटक हो, ‘ह्वावे ग्लोबल साइबर सुरक्षा र प्राइभेसी संरक्षण कार्यालयका निर्देशक सीन यांगले भने, ‘ग्राहक, नियामक, मापदण्ड संगठन, प्रविधि प्रदायक र परीक्षण संगठनहरू लगायत सबै सरोकारवालाहरूलाई साइबर सुरक्षा बेसलाइनमा छलफल गर्न र काम गर्न हामीसँग सामेल हुन आमन्त्रण गर्न चाहन्छौं । सङ्गै मिलेर हामी उद्योग उत्पादन सुरक्षामा सुधार गर्न जारी राख्न सक्छौं ।’