कीवर्डहरू -

विन्डोज टेनमा डेक्स्टप आईकनहरु नदेखिए के गर्ने ? 

विन्डोज टेनमा डेक्स्टप आईकनहरु नदेखिए के गर्ने ? 

धेरै प्रयोगकर्ताहरुले एप्लिकेसनहरुको शर्टकट प्रयोग गर्नका निम्ति डेक्स्टपको एकदमै धेरै प्रयोग गर्ने गर्दछन् ।

त्यस्ता डेक्स्टप आईकनहरु हराएमा यसले तपाईको काम गर्ने गतिलाई सुस्त बनाईदिन सक्छ । प्रयोगकर्ताले झुक्किएर डेक्स्टप कनफिगर गरेमा पनि डेक्सटप आईकनहरु हराएको हुन सक्छ ।

त्यस्तै ट्याबलेट मोड वा क्याचिङको समस्याले पनि एपहरु नदेखिएको हुन सक्छ । कुनै क्रप्ट फाइलका कारणले पनि यो समस्या आईरहेको हुन सक्ट । त्यस्तो समस्या आएमा तलको प्रक्रिया प्रयोग गर्न सकिन्छ ।

हराएको डेस्कटप आईकनलाई ट्रबलसुट गर्ने

सबैभन्दा सुरुमा समस्या समाधान गर्न एकदमै आधारभूत उपायहरुबाट सुरु गर्नुपर्ने हुन्छ । धेरैजसो समय रिस्टार्ट गर्दा पनि धेरै समस्याहरु हल हुने गर्दछ । त्यही भएर सबैभन्दा पहिले प्रयोगकर्ताहरुले यो उपाय प्रयास गरेर हेरेमा राम्रो हुन्छ ।

अर्काे तरीका भनेको विन्डोन टेन डेस्क्टप भिजिब्लीटीलाई सुचारु गर्ने हो । कहिलेकाँही कन्फीगर गरेको कारणले पनि आइकनहरु नदेखिएको हुनसकछ वा अरु इन्स्टल गरिएको सफ्टवेयरको कारणले पनि यस्तो भएको हुन सक्छ ।

त्यस्तो भएको जस्तो लागेमा विन्डोजमा काँही पनि राईट क्लिक गर्नुपर्छ र मेन्युमा गएर भ्यू भन्ने अप्सन थिच्नुपर्छ । तल हेर्दा खेरी शो डेक्सटप आईकन भन्ने अप्सन पाइन्छ र त्यसपछि नदेखिएको आईकन देखिन सक्छ।

विन्डोज टेनको ट्याबलेट मोड पनि डिसेबल गर्दा आईकनहरु पुनः देखिन सक्छन् । यसका लागि स्क्रीनको तल्लो बायाँ भागमा रहेको एक्सन सेन्टर आइकनमा थिचेर ट्याबलेट मोडमा क्लिक गर्नुपर्छ ।

हालैमा नयाँ विन्डोज टेन अपडेटले गर्दा पनि आइकनहरु नदेखिएको हुनसक्छ । त्यस्तो लागेमा प्रयोगकर्ताले विन्डोज १० लाई पछिल्लो रिलिज गरिएको अपडेट प्रयोग गर्नुपर्ने हुन्छ ।

सिस्टम फाइल क्रप्ट भएको कारणले पनि आईकन नदेखिएको हुन सक्ने हुँदा सिस्टम फाइल चेकर यूटिलिटीको प्रयोग गर्नुपर्ने हुन्छ । यसले क्रप्ट सिस्टम फाइल स्कयान गरेर भेट्याउन सक्छ ।  पिसीलाई फ्याक्ट्री रिसेट गरेमा पनि समस्या समाधान हुन सक्छ ।