कीवर्डहरू -

फेस्टले आयोजना गरेको निःशुल्क पाइथन प्रोग्रामिङ कक्षा सम्पन्न 

फेस्टले आयोजना गरेको निःशुल्क पाइथन प्रोग्रामिङ कक्षा सम्पन्न 

कोरोना महामारिका कारण जारी निषेधाज्ञाको समय सदुपयोग गर्ने उद्देश्वका साथ फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजीले निःशुल्क रुपमा पाइथन प्रोग्रामिङ आज सम्पन्न भएको छ । फेस्ट कम्पनीले यसअघि पनि अनलाइन मार्फत विभिन्न कोर्षहरु निःशुल्क सञ्चालन गरेको थियो ।

दैनिक ९० मिनेटको सेसनको दरले कुल ७ घण्टा आउँदो २५ जेठ बाट शुरु हुने निशुल्क कक्षा २९ जेठ सम्म सञ्चालन गरेको र संयौँ जनाले पाइथनको तालिम लिएको  फेस्टका संस्थापक अध्यक्ष धिरेन्द्र चन्द सोडारीले जानकारी दिए ।

निःशुल्क अनलाइन कक्षामा पाइथन प्रोग्रामिङ  अवसर र करियरको विषयमा व्यापक चर्चा भएको थियो । पाइथनबाट बनेका विभिन्न प्रोजेक्टहरु बारेमा पनि जानकारी दिएको छ ।

निःशुल्क कक्षामा पाइथनको फण्डामेन्टल्स, फ्रेमवर्क, स्कोप र एप्रोचेज आदी विभिन्न विषयमा केन्द्रीत रहेर तालिम सञ्चालन भएको सोडारीले बताए ।

ईन्जिनियर हिमाल रावलको प्रमुख प्रशिक्षकका रुपमा पाइथन प्रोग्रामिङ  तालिम सञ्चालन भएको थियो । आगामी दिनमा पनि अनलाइन बाट पाइथन प्रोग्रामिङ को तालिम दिने भनेर रावले बताए । सेसनको समय विहान ११ बजे देखि १२ः ३० बजे सम्म सञ्चालन  भएको थियो ।

फेस्टले लकडाउनमा नै निःशुल्क वर्णमाला गुगल प्ले स्टोरमा सार्वजनिक गरेको छ भने सयौँ जनालाई प्रोग्रामिङ ल्याङवेज पढाइसकेको छ । विशेष गरी फेस्ट शिक्षा क्षेत्रमा काम गरिरहेको छ ।

फेस्टले विभिन्न क्षेत्रसँग सम्बन्धित सफ्टवेयर, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउने र आइटी सम्बन्धि काम परामर्श र इन्टनसिप र जागिरको व्यवस्था गर्ने काम पनि गरिरहेको छ ।

फेस्ट कम्पनीले विज्ञान र प्रविधिको क्षेत्रमा विगत ७ वर्ष देखि निरन्तर रुपमा सरकारी तथा गैरससरकारी संस्थाहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेको  फेस्टका संस्थापक तथा सिटिओ पावन प्रसाद भट्टले जानकारी दिए ।