कीवर्डहरू -

म्याक डोनाल्डमा साइबर आक्रमण, कर्मचारी र ग्राहकको निजी जानकारी चोर्न ह्याकर सफल

म्याक डोनाल्डमा साइबर आक्रमण, कर्मचारी र ग्राहकको निजी जानकारी चोर्न ह्याकर सफल

अमेरिका, दक्षिण कोरिया र ताईवानको म्याक डोनाल्डमा ह्याकरहरुले साइबर आक्रमण गरी डेटा ब्रिच गरेका छन् । ह्याकरहरु दक्षिण कोरिया र ताईवानका कर्मचारी तथा ग्राहकहरुको निजी जानकारी चोर्न सफल भएका छन् ।

जानकारीमा मान्छेहरुको ईमेल, सम्पर्क नम्बर र डेलिभरीको ठेगाना रहेको छ । अमेरिकामा भने कर्मचारीहरुको मात्रै डेटा उनीहरुले चोर्न सकेका छन् । उनीहरु पसलको जानकारी, ग्राहक बस्ने क्षेत्र र प्ले एरियाको जानकारी पनि ह्याक गर्न सक्षम भएका छन् ।

कम्पनीले आन्तरिक प्रणालीमा केही समस्या देखिएपछि बाहिरी कन्सलटेन्टलाई अनुसन्धान गराउन लगाउँदा यो साइबर आक्रमणको बारेमा थाहा भएको हो । म्याक डोनाल्डले अनआधिकारिक पहुँचलाई एक हपता भित्रै हटाएको थियो ।

ह्याकरहरुले दक्षिण अफ्रिका र रुसको शाखामा पनि डेटा ब्रिच गर्न प्रयास गरेका थिए तर त्यहाँ उनीहरु सफल भए की भएनन भनेर अनुसन्धान चलिरहेको छ ।

यो आक्रमणमा भने अरु डेटा ब्रिचहरु जसरी र्यान्समवेयर नरेहको पाइएको छ । म्याक डोनाल्डले सुरक्षामा अझै परिमार्जन गर्ने पनि प्रतिबद्धता जनाएको छ ।