कीवर्डहरू -

इसेवा र खल्तीबाट स्मार्टको रिचार्ज गर्दा १० प्रतिशतसम्म क्यासब्याक

इसेवा र खल्तीबाट स्मार्टको रिचार्ज गर्दा १० प्रतिशतसम्म क्यासब्याक

डिजिटल वालेटबाट स्मार्टको रिचार्ज गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाइने भएको छ । इसेवा र खल्तीबाट रिचार्ज गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाइने भएको हो ।

स्मार्टका अनुसार इसेवाबाट स्मार्टमा रिचार्ज गर्दा ७ प्रतिशत क्यासब्याक र खल्तीबाट स्मार्टमा रिचार्ज गर्दा १० प्रतिशत क्यासब्याक पाइने छ ।

साथै स्मार्टले नयाँ वर्ष डेटा अफर अन्तर्गत ५०९ रूपैयाँमा ६० जीबी डेटा पनि प्रदान गर्दै आएको छ । यो डेटाको अवधि ३० दिन सम्म रहने छ ।