कीवर्डहरू -

लक्ष्मी बैंकको प्रेडिक्ट एन्ड विन योजना, ५ जनालाई १ वर्षका लागि ५० एमबीपीएसको इन्टरनेट

लक्ष्मी बैंकको प्रेडिक्ट एन्ड विन योजना, ५ जनालाई १ वर्षका लागि ५० एमबीपीएसको इन्टरनेट

लक्ष्मी बैंकले मोबाइल मनि प्रेडिक्ट एन्ड विन योजना सार्वजनिक गरेको छ । युरो कप २०२१ संचालन भइरहेको अहिलेको अवस्थामा लक्ष्मी बैंकले  खेल पारखीहरुलाई मध्यनजरमा राखेर उत्साह थप्न बैंकले एफवान सफ्टसँगको सहकार्यमा ‘गोल प्रेडिक्ट एन्ड विन’ योजना ल्याएको हो ।

यो योजना युरो कप २०२१ सुरु भएको दिनदेखि अर्थात जुन ११ देखी सुरु भएको बैंकले जनाएको छ । यो योजना युरो कपको अन्त्यसम्म अर्थात अन्तिम दिन जुलाई ११ सम्म जारी रहने बैंकले जनाएको छ ।

यस योजनामा ५ जना भाग्यशाली विजेताहरूले ५० एमबीपीएसको १ वर्षको इन्टरनेट सुविधा पाउन सक्ने छन् ।योजनामा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाइल मनी सेवा सुचारु गरेको हुनुपर्दछ र मोबाइल मनिका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्सफर गरी यसमा सहभागी हुन सक्नेछन् ।

मोबाइल मनिको फोन–पे वा अन्तर बैंक नगद ट्रान्सफरबाट नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ ।

योजनाको अवधि पछि युरो कपको विजेता देशको सही अनुमान गर्ने ग्राहकहरू मध्येबाट लक्की ड्र मार्फत ५ जनालाई विजेता घोषणा गरिने बैंकले जनाएको छ ।