कीवर्डहरू -

रियलमीले बजारमा ल्यायो फ्ल्यागशिप फोन रियलमी जिटी

रियलमीले बजारमा ल्यायो फ्ल्यागशिप फोन रियलमी जिटी

स्मार्टफोन कम्पनी रियलमीले आधिकारिक रुपमा विश्व बजारमा बहुप्रतिक्षित मोबाइल फोन रियलमी फ्लाग शिप किलर सार्वजनिक गरेको छ ।

जीटी सिरिज र पहिलो क्वालकम स्न्यापड्रागन ८८८ अन्तर्गत सञ्चालित छ यो फोन । फ्लागशिप उत्पादनका साथै मध्यमदेखि उच्च सेग्मेन्टको यस ब्राण्डमा मुख्यगरी गति-प्रेरित डिजाइन, सशक्त ऊर्जा शक्ति र निरन्तर स्थिर प्रदर्शन तीनवटा विशेषताहरु रहेको कम्पनीले जनाएको छ ।

उद्घाटन समारोहमा बोल्दै कम्पनीका सीईओ स्काई लीले विश्वभरका रियलमी प्रयोगकर्ताका लागि फ्लागशिप किलर ल्याउन पाउँदा खुसी लागेको बताए ।

डिजाइन

यसको डिजाइन ग्राण्ड टुरर्स (जीटी) स्पोर्ट कारमा आधारित छ । जसले उच्च गति रहेको छ । रियलमीको जिटी सिरिजको यस फोनमा पछाडि थ्रिडी लाइटसाथ ग्लास कभरको  डिजाइन र फोनको लम्बाइमा भेगान-लदर संस्करणको खोल छ ।

नीलो र चाँदी रंगको गरी ग्लास भर्जन दुई कलरमा आएको छ । फोनको पछाडि शुटिङ एरो प्याटर्न देख्न सकिन्छ, जुन गति र प्रगतिशीलताको प्रतीक हो ।

यसैबीच भेगान लेदर संस्करण रेसिङ एलो रंगमा उपलब्ध छ । यो डवल टोन लेदर डिजाइनमा निर्माण भएको पहिलो उत्पादन हो ।

जुन अद्धितीय डिजाइन मात्र नभएर डिलक्स लुक्सका साथै फ्रिङ्गगर प्रिन्ट प्रतिरोध, एन्टी सोडर तथा एन्टी क्रयाक फिचर्सहरु रहेका छन् ।

सशक्त ऊर्जा शक्ति

रियलमी जीटी क्वालकम स्न्यापड्रागन ८८८ रहेको छ, जुन सम्भवतः सबैभन्दा परिस्कृत चिप भएको कम्पनीको दावी छ । जसमा नयाँ प्रभावशाली एलपीडीडीआर ५ आरएएम र उच्चस्तरीय युएफएस ३.१ स्टोरेज रहेको छ ।

उन्नत प्रोसेसिङ टेक्नोलोजीका साथ रियलमी जीटीेमा जडित क्वालकम स्न्यापड्रागन ८८८ चिपले मोबाइलफोनलाई एआई कम्प्युटिङ पावरमा परिस्कृत संस्करणका रुपमा अघि सारेको छ ।

बलियो र ठूलो कोर्टेक्स एक्स वानकोर र तीननयाँसंस्करणको उच्चप्रदर्शन गर्ने  ए७८ कोरहरुले गर्दाफोनको सीपीओले सम्पादनलाई २० प्रतिशतसम्म बढाउनका साथै ब्याट्री खपतलाई ५० प्रतिशतसम्मकमगर्न सहयोग पुर्‍याउँछ ।

निरन्तर स्थिर प्रदर्शन

‘कुलेस्ट ८८८’ सिर्जना गर्ने उद्देश्यका साथ रियलमी जिटीले नयाँ पुस्ताकास्टेनलेस स्टिल भिसीकुलिङ सिस्टम प्रयोग गरेको छ जसले फोनको तापक्रम नियन्त्रण गरी टिकाउ र अधिकतम प्रदर्शनीका लागि भुमिका खेल्छ ।

परीक्षणका क्रममा स्टेनलेस स्टिल भिसीकुलिङ सिस्टमले परम्परागतकपर भिसीकुलिङ सिस्टमको भन्दा ५० प्रतिशतकुलिङ पावर प्रदर्शन गरेको अर्थात् आधातापक्रम घटाउन मद्दत गरेको पाइएको छ । जुन सीपीयु कोरको तापक्रम १५ डिग्री सेल्सियससम्मतापक्रम घटाउन क्षमतावान हुनु हो ।

थप यसका विशेषताका रुपमा वजन १८६ ग्रामभन्दा कम र अधिकपातलो डिजाइनका बाबजुद यसमा ४५ सय एमएएच् ब्याट्री र ६५ वाट सुपरडर्ट चार्जिङ सपोर्टर रहेको छ जसले फोनलाई केवल ३५ मिनेटमा पुर्ण चार्ज गर्न सहयोग गर्छ ।

अन्य विशेषताहरु

रियलमी जीटीमा ६.४३ इन्च १२० हर्ट्जको सामसुङ्ग सुपर एमोलेड डिस्प्ले  रहेको छ जसले हार्डकोर गेमरहरू खेल्न पनि सजिलो बनाउँछ ।

प्रमुख फाइभजी ब्यान्ड बाहेक रियलमी जीटीले प्रचलित उद्योगको द्रुत वाइफाइ र नवीनतम ब्लुटुथ टेक्नोलोजी समर्थन गर्दछ।

स्मार्टफोनमा डल्बी एटमस डुअल स्टीरियो स्पिकर, हाई-रेज अडियो, र ३.६एमएम अडियो ज्याक रहेको छ जसले कमविलम्बता र कम हस्तक्षेप हुने गरि चार्ज गर्छ ।

रियलमी जीटीमा सोनी ६४ एमपी ट्रिपल क्यामेरा जडान  छ जसमानयाँ नइट  पोर्ट्रेट मोड र एआई क्षमता रहेकोले  व्यावसायिकफोटोहरू खिच्न सकिन्छ ।

रियलमिजीटीपहिलो उपकरणहरू मध्ये एक हो जुन एन्ड्रोइड १२ बीटा १ लाई समर्थन गर्दछ। रियलमिले यस वर्षको अन्तमानयाँ रियलमियुएआई सुरू गर्न अघि आफ्नो प्रयोगकर्ताको प्रतिक्रिया संकलनगर्न एन्ड्रोइड १२ डेभालपर पूर्वावलोकन कार्यक्रमजारी राख्नेछ  ।

विशेष जिटी  मोड - केवल रियालमी  जिटी श्रृंखलामाउपलब्ध जिटी मोड, विशिष्ट प्रदर्शन चाहने प्रयोगकर्ताहरूको लागि सिर्जना गरिएको हो।

यसमा फुलसिन कभरेज मोड र हाई-फ्रेम-रेट गेमिंगको थप अप्टिमाइजेसनको सुविधा रहेको छ । रियलमी जिटी हालपोल्याण्ड, स्पेन, रसिया र थाइल्याण्ड लगायत केहीबजारमाउपलब्ध गराइएकोमा चाँडै विश्वभरका बजारमा पुर्‍याउने लक्ष्यलिइएको कम्पनीले जनाएको छ ।