कीवर्डहरू -

युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश विज्ञान प्रविधि कोष स्थापना गरिने

युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश विज्ञान प्रविधि कोष स्थापना गरिने

बागमति प्रदेशले प्रदेश विज्ञान प्रविधि कोष स्थापना गर्ने भएको छ । मंगलबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले प्रदेश विज्ञान प्रविधि कोष स्थापना गरिने बताएका हुन् ।

नवीन ज्ञान तथा प्रविधिको अनुसन्धान, विकास र नवप्रवर्तनमा युवा वैज्ञानिकहरूलाई प्रोत्साहन गर्न प्रदेश विज्ञान प्रविधि कोष स्थापना गरिने बजेटमा उल्लेख गरिएको छ ।

यसका लागि आवश्यक बजेट विनियोजना गरेको र युवा वैज्ञानिक प्रोत्साहन कोषमा रहेको रकम समेत यसै कोषमा सार्ने व्यवस्था मिलाएको उनले बताए ।

प्रविधिमैत्री शिक्षा प्रणाली विस्तार गर्ने र कोरोना महामारीको समयमा सूचना प्रविधिको प्रयोग गरी वैकल्पिक पद्धति मार्फत शिक्षण सिकाईलाई निरन्तरता दिने व्यवस्था मिलाएको बजेटमा बताइएको छ ।