कीवर्डहरू -

स्न्यापच्याटले हटायो स्पीडोमिटर फिल्टर

स्न्यापच्याटले हटायो स्पीडोमिटर फिल्टर

स्न्यापच्याटले कानूनी समस्या आएकपछि स्पीडोमिटर नामक फिल्टरलाई हटाएको छ । यो फिचल्टरलाई स्न्यापच्याटले सन् २०१३ मा सार्वजनिक गरेको थियो ।

यस फिल्टरले जथाभावी ड्राइभ गर्ने बानीलाई प्रोत्साति गर्ने सुरक्षा अभियानकर्ताको भनाइ रहेको छ । स्न्यापच्याटका अनुसार एपले आफ्नो प्रयोगकर्ताको सुरक्षालाई सबैभन्दा बढी प्राथमिकता दिने हुँदा यो फिचर हटाइएको छ ।

यसभन्दा पहिले पनि कम्पनीले यस फिल्टरलाई डिसेबल गरेको थियो तर अब भने पूर्ण रुपमै हटाएको छ । हरेक दिन करिब ५ बिलियन स्न्यापहरु सेयर गरिन्छ र त्यसमा केही हजारले मात्र हरेक दिन त्यो स्नाप प्रयोग गरिरहेको कम्पनीले जनाएको छ ।

यो फिचल्टर गर्दा धेरै कार दुर्घटनाहरु भइसकेको पाइएको छ । यही फिल्टर प्रयोग गरेर स्न्याप खिचिरहँदा दुर्घटनामा परेर तीन जना युवाहरुको ज्यान गएको थियो र उनीहरुको अभिभावकले स्नापच्याटको विरुद्ध मुद्दा पनि हालेका थिए ।

स्न्यापच्याटले भने त्यो फिचल्टर गर्दा दुर्घटना नभएको ठहर गर्दै त्यो केस हटाउनलाई अदालतसँग अपिल गरेको छ ।