कीवर्डहरू -

मोबाइल र ल्यापटप चोर्ने एकजना पक्राउ

मोबाइल र ल्यापटप चोर्ने एकजना पक्राउ

विराटनगर महानगरपालिका ११ पिछडा टोल बस्ने २८ वर्षीय पप्पु सहनिलाई चोरी गरेको विभिन्न सामान सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न समयमा चोरी भएका घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने विकाश गुरुङको घरबाट चोरी भएको १ थान ल्यापटप,  सोही ठाउँ बस्ने मुनि देवी साहको घरबाट चोरी भएको ४ जोर चाँदीको जस्तो देखिने पाउजु, १ थान मोबाइलसहित उनलाई प्रक्राउ गरिएको हो ।

साथै प्रहरीले उनको घरमा विभिन्न ठाउँबाट चोरी भएका २ थान मोबाइल, १ जोर सुनको जस्तो देखिन झुम्का, नगद २ हजार ८ सय ९५ रुपैयाँ, १ जोर चाँदीको जस्तो देखिने बाला, १ थान चाँदीको सिक्का, १ वटा चाँदीको लकेट र १ थान भारतीय सिक्का सहित फेला पारेको छ ।

उनी उपर चोरी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।