कीवर्डहरू -

प्रभु टिभी गाभिएपछि आक्रामक योजनामा डिशहोम, दुई वर्षमा प्रमुख तीन इन्टरनेट कम्पनीमा पुग्ने लक्ष्य  

प्रभु टिभी गाभिएपछि आक्रामक योजनामा डिशहोम, दुई वर्षमा प्रमुख तीन इन्टरनेट कम्पनीमा पुग्ने लक्ष्य  

मुलुकमा इन्टरनेट विस्तारमा तीव्र प्रतिस्पर्धा बढ्दै गएको छ । नयाँ कम्पनी थपिदैछन् भने पुरानाले क्षमता विस्तार र लगानी बढाइरहेका छन् ।

पछिल्लो समय इन्टरनेट व्यवसायमा यस्तै दुई घटना देखिए । पहिलो, चौधरी ग्रुप इन्टरनेट सेवामा प्रवेश गर्दै सिजी इन्टरनेट विस्तार गरिरहेको छ ।

उसले चलिरहेको इन्टरनेट शुल्कलाई आधा सस्तो बनाउँदै उच्च गुणस्तरको इन्टरनेट दिने घोषणा गरेर ग्राहकको मन जित्ने प्रयासमा छ ।

अर्को घटना हो, टेलिभिजन व्यवसायमा परिचित डिसहोमले इन्टरनेट व्यवसायलाई अझ उचाइमा पुर्याउने लक्ष्यसहित प्रभु टिभीलाई आफूमा गाभेको छ । उसले इन्टरनेट विस्तारमा लगानी बढाउँदै तीव्र रुपमा विस्तार गर्ने योजना बनाएको छ ।

केही समयअघि मात्र प्रभु टिभीलाई किनेको डिसहोमले मर्ज हुने प्रक्रिया केही दिनमा पूरा गर्दै छ । उक्त मर्जसँगै आफ्नो इन्टरनेट सेवा र यसको विस्तार तीव्र रुपमा बढाउने डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक (एमडी) सुदिप आचार्यले बताए ।

‘इन्टरनेट सेवा विस्तार र यस व्यवसायमा धेरै चुनौति छन्,’ आचार्यले भने, ‘यसमा सबै कुरा हाम्रो हातमा मात्र हुदैन । बाहिरी वातावरणले पनि प्रभाव पारिरहेका हुन्छ ।’

डिसहोम अबको दुई वर्षको अवधिमा डिसहोमको फाइबर नेटलाई मुलुकका सञ्चालनमा रहेका प्रमुख ३ कम्पनीभित्र पुर्याउने योजनासहित अगाडि बढेको छ ।

उनको यो योजनालाई सहयोग गरेको प्रभुसँगको मर्जले । प्रभु टिभी लिइसकेपछि ३० हजारबाट माथि लाग्ने उनी बताउँछन् ।

‘प्रभुका ग्राहक पनि जोडिदा हाम्रा ग्राहक संख्या ३० हजारबढी हुन्छन्,’ आचार्यले भने, ‘यस्तै तरिकाबाट हामी अगाडि बढ्न सकियो भने अगामी आर्थिक वर्षभित्रमा एक लाख ग्राहक काट्ने अनुमान छ ।’

त्यस्तै, अर्को एक वर्षमा उनीहरुको योजना इन्टरनेट सेवा प्रदायकमध्ये प्रमुख ३ मा पुग्ने रहेको छ । उनीलाई थाहा छ यो सजिलो काम भने होइन । त्यसको लागि थप लगानी र योजनाहरु बनाएका छन् ।

उनीहरुको लक्ष्यलाई सहयोग गर्ने पहिलो पक्ष हो प्रभुसँगको मजै । जसले गर्दा थप ग्राहक विस्तार गर्न सहयोग हुनेछ । प्रभुलाई लिँदा कति ग्राहक ‘ओभरल्याप’ होलान भनेर हेरेका पनि थिए । धेरै ग्राहक ‘अभोरल्याप’ नहुनेहुँदा काठमाडौंसहित बाहिर पनि इन्टरनेट विस्तारमा सहयोग हुनेछ ।

अहिले इन्टरनेटको विस्तारलाई बढाइरहेका छन् । काठमाडौंका केही ठाउँबाहेक अधिकांसमा डिसहोमको इन्टरनेट पुगिसकेको आचार्यले बताए ।

काठमाडौंबाहेक हेटौंडा, इटहरी, इनरुवा, विराटनगरमा डिसहोम फाइबरनेट पुगिसकेको छ। पोखरा जस्ता केही सहरमा प्रभु इून्टरनेटका ग्राहक थपिदै छन् ।

‘हाम्रा ग्राहकको संख्यामा खासै ओभरल्याप छैन,’ उनले भने, ‘यसले गर्दा कभरेजलाई राम्रै हुन्छ ।’ योसँगै इन्टरनेट सेवामात्र नभएर थप सेवा प्रदान गर्नेगरी योजना बनाइरहेको उनले बताए ।

इन्टरनेट सेवा मात्र दिने ठूलो कुरा नभएको तर प्रविधिमा लगानी गरेर ग्राहकलाई सन्तुष्ट दिनु ठूलो कुरा रहेको उनको भनाइ छ ।

‘हामीले प्राथमिकता दिएको भनेको सेवा र प्रमटनेस हो,’ उनी भन्छन्, ‘टेक्नोलोजीमा लगानी गरेर ग्राहकलाई सन्तुष्ट गराउने हिसाबले हामी अगाडि बढेका छौं ।’

इन्टरनेटसँगै  व्याकइन, ग्राहकलाई काउन्सिलिङ गर्ने कुराहरु, ग्राहको डिभाइसलाई राम्रोसँग म्यानेज गर्ने जस्ता कुरामा बढी फोकस गर्ने डिसहोमको योजना छ ।

मुलुकमा अहिले ४० वटा इन्टेरनेट सेवा प्रदायक रहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकमा उल्लेख छ । मुलुकभर ठूलो संख्यामा इन्टरनेट सेवा प्रदायक भए पनि एक दर्जनका हाराहारीका कम्पनी मात्र अगाडि देखिएका छन् ।