कीवर्डहरू -

एकै महिनामा भित्रिए २ अर्ब ५ करोडका मोबाइल सेट 

११ महिनामा ३४ अर्ब १५ करोडका मोबाइल आयात

एकै महिनामा भित्रिए २ अर्ब ५ करोडका मोबाइल सेट 

मुलुकमा लकडाउन भइरहेको यस अवस्थामा मोबाइल आयात भन्ने उच्च देखिएको छ । सरकारले वैशाख १६ गतेबाट लकडाउन सुरु गरेको अवधिमा मोबाइल आयात अझ धेरै भएको छ ।

जेठ महिनामा मात्र मुलुकमा २ अर्ब ५ करोड रुपैयाभन्दा धेरै मोबाइल आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना अर्थात जेठ महिनासम्मको तथ्यांकअनुसार ३४ अर्ब १४ करोड ८४ लाख ५९ हजार रुपैया बराबरको मोबाइल आयात भएका छन् ।

बैशाख महिनासम्मको तथ्यांक हेर्ने हो भने मोबाइल आयात ३२ अर्ब ९ करोड २९ लाख १७ हजारको आयात भएका थियो ।

यस हिसाबले हेर्दा जेठ महिनामा मात्रै मुलुकमा २ अर्ब ५ करोड ५५ लाख ४२ हजार रुपैयाँको मोबाइल आयात भएको छ ।

यो मुलुकमा आयात भएको अहिलेसम्म कै उच्च हो ।