कीवर्डहरू -

स्मार्टफोन किन्दा राम्रो क्यामरा छ कि छैन कसरी थाहा पाउने ?  यि हुन् जान्नै पर्ने कुरा

स्मार्टफोन किन्दा राम्रो क्यामरा छ कि छैन कसरी थाहा पाउने ?  यि हुन् जान्नै पर्ने कुरा

आजभोलि मोबाइल किन्दा सबैभन्दा पहिला ध्यान जान्छ क्यामरामा । क्यामरा कस्तो छ ? अझ सेल्फी खिच्ने चलन सुरु भएपछि त मोबाइल भनेकै क्यामराको लागि हो भन्ने भएको छ । हुन पनि हो, मोबाइलमा नयाँ नयाँ प्रविधि र उच्च गुणस्तरका क्यामरा आउन थालेका छन् । जसले गर्दा अन्य क्यामरा बोकेर हिड्ने पर्ने बाध्यतालाई नै हटाइदिएको छ ।

प्रोफेसनल क्यामारा सबैको नेपालीको पहँुचको वस्तु नभएकाले पनि क्यामारा युक्त स्मार्टफोन धेरैको रोजाइमा पर्छ । त्यसैले आज हामी मोबाइल किन्दै हुनुहुन्छ भने स्मार्टफोनको क्यामरामा के के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा जानकारी गराउँदै छौं ।

मेगापिक्सेल : मेगापिक्सेल जसलाई छोटकरीमा एमपी भनिन्छ । यो क्यामाराबाट पैदा हुने फोटोमा रहने पिक्सेल नाप गर्ने इकाइ हो । एक मेगापिकसेल बराबर एक मिलियन पिक्सेल हुन्छ । जसको मतलब १० मेगापिक्सेल क्यामाराले खिचेको तस्विरमा १० मिलियन पिक्सेल रहन्छ ।

सामान्यतया जति बढि मेगापिक्सेल त्यती राम्रो क्यामेरा भन्ने बुझाइ छ । मेगापिक्सेल केबल अंक मात्र हो । कयौ अवस्थामा १२ मेगापिक्सेलको कयामेराले पनि १८ मेगापिक्सेलको भन्दा राम्रो क्वालिटीको फोटो खिच्न सक्छ । मेगापिक्सेलभन्दा क्यामारामा प्रयोग गरिएको लेन्सको पनि महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ।

सेन्सर साइज : सेन्सर साइजले फोटोको गुणस्तरमा ठूलो प्रभाव पारिराखेको हुन्छ । जति ठूलो सेन्सर त्यति नै बढि त्यसले देख्न सक्छ । जसका कारण राम्रो फोटो खिच्न सकिन्छ । प्रायः स्मार्टफोनहरूको सेन्सर साइज ०.३३ इन्च रहेको पाइएको छ भने कुनै स्मार्टफोनहरूमा भने त्यो साइज झण्डै एक इन्चको हाराहारीमा रहने गरेका छन ।

जति ठूलो सेन्सर त्यति नै धेरै पिक्सेल । यदी दुईवटा बराबर मेगापिक्सेल क्यामारा भएका स्मार्टफोन छन् तर एउटाको सेन्सर अर्को भन्दा ठूलो भएको अवस्थामा सेन्सरको साइज ठूलो भएको क्यामाराले राम्रो क्वालिटीको सट प्रदान गर्छ ।

सिसिडी र सिएमओएस (सिमोस) : स्मार्टफोनमा प्रयोग हुने सेन्सरको दुई किसिम छ । सिसिडी (चार्जड कपल्ड डिभाइस) र सिएमओएस (कम्प्लीमेन्टरी मेटल अक्साइड सेमिकन्डक्टर) । पहिले पहिलेका स्मार्टफोनहरूले सिसिडी प्रयोग गर्थे भने अहिलेका मोर्डन स्मार्टफोनहरूले भने उच्च प्रविधियुक्त र तुलनात्मक रूपमा महंगो सेन्सर सिएमओएस प्रयोग गर्ने गरेका छन् ।

एपाचर : क्यामेराको अर्को महत्वपूर्ण तत्व हो एपारेचर । सामान्यतया एपेरेचरलाई ‘एफ’ले अंकित गरिन्छ । यदि तपाईले f/2.0, f/1.8 यस्तो लेखिएको देख्नु भएको छ भने त्यो त्यस क्यामेराको एपारेचर सम्बन्धि जानकारी दिइएको हो ।
जति सानो अंक त्यति नै ठूलो क्यामेराको एपारेचर हुन्छ, जसबाट धेरै प्रकाश क्यामेरा भित्र प्रवेश गर्न सक्छ । कम प्रकाशमा पनि उत्कृष्ट फोटो खिच्न सक्ने क्यामारा सहितको स्मार्टफोन खरिद गर्न चाहनुहुन्छ भने तपाइले क्यामारा छनौट गर्दा कमभन्दा कम एपारेचरको क्यामारा छनौट गर्नुपर्नेछ ।

आइएसओ र सटर स्पीडः एपेरेचर जतिकै क्यामेराका अरू दुई महत्वपूर्ण अंश हुन आइएसओ र सटर स्पिड । सटर स्पिड क्यामाराको लेन्स फोटो खिच्नका लागि कति समयसम्म खुल्ला रहन्छ भन्ने जानकारी गराउने इकाई हो भने आईएसओले क्यामेरामा उपलब्ध प्रकाश कत्तिको सम्बेदनशील छ त्यसको जानकारी गराउँछ ।

जति बढि आइएसओ त्यती नै त्यसको प्रकाशप्रति सम्वेदनशीलता रहन्छ । १०० आइएसओमा क्यामेरालाई तस्बिर खिच्न १ सेकेन्ड लाग्छ भने ८०० आइएसओमा तस्बिर खिच्न ०.१२५ सेकेन्ड समय लाग्ने गर्छ । सटर स्पीड भनेको फोटो खिच्नका लागि क्यामाराले लिने समय हो ।

प्रयोगकर्ताले क्यामाराको सटर स्पिडलाई सजिलै परिवर्तन गर्न सक्छ । जति बढि क्यामाराको सटर स्पिड त्यती धेरै प्रकाश क्यामाराले कैद गर्न सक्छ तर यसको कमजोर पक्ष भनेकै क्यामरा हल्लिदा धमिलो फोटो आउनु हो । तुरून्त फोटो खिच्नका लागि कम सटर स्पीड उपयोगी हुन्छ भने कम प्रकाशमा आतिसबाजी लगायतको फोटो खिच्न लामो सटर स्पिडको प्रयाग गर्न सकिन्छ । \"\"

इमेज स्टेबिलाइजेसन : इमेज स्टेबिलाइजेसन भनेको क्यामारा सामान्य हल्लनबाट त्यसलाई बचाउनु हो । क्यामारालाई हल्लन नदिई त्यसबाट पैदा हुने तस्बिरहरुलाई स्थिर राख्नुनै इमेज स्टेबिलाइजेसन हो । सामान्यतय इमेज स्टेबिलाइजेसन दुई प्रकारका हुनछन् । डिजिटल इमेज स्टेबिलाइजेसन र अप्टिकल इमेज स्टेबिलाइजेसन ।

डिजिटल इमेज स्टेबिलाइजेसन प्रविधिमा सफ्टवेयको प्रयोग गरी तस्बिरलाई सामान्य हल्लानबाट बचाइउँछ भने अप्टिकल इमेज स्टेबिलाइजेसनमा मेकानिकल विधिको प्रयोग गरेर क्यामेराको लेन्सलाई स्थीर राखिन्छ । कम प्रकाशमा फोटो खिच्नका लागि डिजिटल स्टेबिलाइजेसनभन्दा अप्टिकल स्टेबिलाइजेसन बिधि तुलनात्मक रूपमा राम्रो मानिन्छ ।

एचडि र फोरके (4k) : क्यामेराका प्रयोगकर्ताले जान्नैपर्ने क्यामाराको अर्को पक्ष हो एचडि र फोर के । एचडि र फोरके भनेको मेगापिक्सेल जस्तै क्यामेराको रिजोलुसनको मापन भएपनि यसलाई भिडियोसँग सम्बन्धित गराएर हेर्ने गरिन्छ । एचडीको पूरा रूप हाइ डेफिनेसन हो जुन १९२० पिक्सेल x १०८० लाइन हुन जान्छ । फोरके जसलाई अल्ट्रा एचडी पनि भन्ने गरिन्छ त्यो एचडीको ठिक दोब्बर हो र जुन ३८४० x २१६० लाइन हुन जान्छ । त्यसैगरि एटके डप फोरकेकोे द्धप ठिक दोब्बर हुने गर्छ ।

फोरके भिडियोहरूले ओगट्ने मेमोरी स्पेस एचडीको दोब्बर जस्तो हुने भएकाले कम मेमोरी भएका स्मार्टफोनहरूका लागि यो राम्रो मानिदैन । फोरके रिजोलुसनको भिडियो खिच्न सक्ने क्षमता भएका कयौं स्मार्टफोन बजारमा आएपनि फोरके भिडियो चलाउन सक्ने स्मार्टफोन बजारमा बिरलै पाइने गरेका छन् ।

र फरम्याट : प्राय स्मार्टफोनले जेपिइजी फरम्याटमा इमेज सेभ गर्ने गर्छन तर केहि हाइ–इनड डिभाइसले भने ‘र फरम्याट’मा इमेज सेभ गर्ने गर्छन् । ‘र फरम्याट’ प्रोफेसनल फोटोग्राफरहरूका लागि राम्रो मानिन्छ । यो फरम्याटमा फोटो क्यामाराको सेन्सरले जेस्तो देख्छ, त्यसलाई जस्ताको त्यस्तै तस्बिर सेभ हुनेगर्छ तर जेपिइजी फरम्याटमा इमेजलाइ अप्टिमाइज गरेर मेमोरी सेभ गर्ने हिसाबले सेभ गर्नेगर्छ । जेपिइजी फरम्याटको तुलनामा र फरम्याटमा रहेको इमेजलाई सहजै सच्याउन सकिन्छ ।

सफ्टवेयर र एप्स : उत्कृष्ट लेन्स, क्यामाराको सेन्सर र स्टेबिलाइज इमेज भएता पनि खराब सफ्टवेयर र एप्सको प्रयोगले तपाइले खिचेको फोटोमा नराम्रो असर पार्न सक्छ । जसरी लेन्स, सेन्सर र स्टेबिलाइजेसन जरूरी छ त्यसैगरि त्यत्तिकै महत्त्वपूण छ स्मार्टफोनमा प्रयोग हुने सफ्टवेयर र एप्स ।