कीवर्डहरू -

हराएको मोबाइलबाट जीमेल अकाउन्ट कसरी हटाउने ?

हराएको मोबाइलबाट जीमेल अकाउन्ट कसरी हटाउने ?

कहिले काँही कुनै कारणले आफ्नो जीमले अकाउन्ट लगइन भएको मोबाइल वा अन्य डिभाइस हराएको हुन सक्छ । यस्तो अवस्थामा गूगल अकाउन्ट लग इन भइरहँदा आफ्नो निजी धेरै जानकारी अरूको हातमा पुग्न सक्ने डर हुन सक्छ ।

यस्तो भएमा तपाईले गूगल प्राईभेसी फिचर प्रयोग गरेर जहाँबाट पनि मोबाइल वा अन्य डिभाइसबाट अकाउन्ट लग आउट गर्न सक्नु हुन्छ । यसका लागि तपाईले तलको प्रक्रिया प्रयोग गर्नुहोस् ।

१. सर्वप्रथम प्रयोकर्ताले कुनै पनि ब्राउजरबाट www.google.com मा जानुपर्छ

२. त्यसपछि प्रोफाइल आइकनमा क्लिक गर्ने र ‘म्यानेज योर गूगल अकाउन्ट ’ अप्सनमा थिच्ने

३. यति गरेपछि ‘ सेक्युरिटी ’ ट्याबमा जाने र ‘ योर डिभाइस ’ सेक्सनमा गएर ‘ म्यानेज डिभाइस ’ भन्ने अप्सनमा क्लिक गर्नुपर्छ ।

४. त्यसपछि साइन आउट गर्नुपर्ने डिभाइसलाई खोजेर माथिल्लो बायाँ भागमा रहेको तीन ओटा थोप्ला भएको आइकनमा थिचेर साइन आउट अप्सनमा क्लिक गर्ने

५. त्यसपछि साइन आउटनै गर्ने हो भनेर पुनः नोटिफिकेसन आउँछ र फेरि साइन आउट भन्ने अप्सनमा थिच्नुपर्छ ।