कीवर्डहरू -

टुटल पठाओ जस्ता राइड शेयरिङ कम्पनीलाई करको दायरामा ल्याउँदै काठमाडौं महानगरपालिका

टुटल पठाओ जस्ता राइड शेयरिङ कम्पनीलाई करको दायरामा ल्याउँदै काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले टुटल पठाओ जस्ता राइड शेयरिङ कम्पनीलाई करको दायरामा ल्याउने भएको छ ।

आर्थिक विधेयक २०७८ मार्फत काठमाडौं महानगरले दुईपांग्रे सवारीसाधनमा यात्रु ओसारपसार गर्ने राइड सेयरिङ र व्यवसाय ढुवानी जस्ता व्यवसायले आगामी आर्थिक वर्ष २०७८/७९ मा १० हजार कर तिर्नुपर्ने प्रस्ताव गरेको हो ।

‘त्यो प्रस्ताव भएको छ । छलफल भएको छैन्,’ काठमाडौं महानगपालिकाका प्रवक्ता इश्वरमान डंगोलले आइसिटी समाचारसँग कुरा गर्दै भने । उक्त प्रस्तावमाथि आगामी असार २० गतेबाट नगरसभामा छलफल हुने उनले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले बैंक तथा वित्तिय संस्थाले एटीएम राख्दा अब कर लिने प्रस्ताव गरेको छ । वित्तीय संस्थाको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयबाहेकका ठाउँमा एटिएम राख्दा ५ हजार कर लिने विधेयकको प्रस्तावमा उल्लेख छ ।

काठमाडौं महानगरपालिकाले विद्युतीय सवारीसाधनमा पूर्ण कर छुट दिने तथा विद्युतीय सवारीसाधन विक्री शोरुम र चार्जिङ सेन्टरले कर तिर्नु नपर्ने प्रस्ताव गरेको छ । साथै विद्युतीय सवारीसाधनले निःशुल्क पार्किङको सुविधा पाउने पनि उक्त प्रस्तावमा उल्लेख छ ।