कीवर्डहरू -

अध्यागमन विभागले शुरू गर्‍यो डिजिटल भिसा प्रणाली

अध्यागमन विभागले शुरू गर्‍यो डिजिटल भिसा प्रणाली

अध्यागमन विभागले विदेशी नागरिकलाई डिजिटल भिसा दिन थालेको छ । हस्तलिखित भिसा प्रतिस्थापन गर्दै विभागले डिजिटल भिसा दिन शुरू गरिएको हो ।

सोमबारदेखि अध्यागमन विभागले क्युआर कोडसहितको प्रिन्डेट भिसा प्रणालीको शुरू गरेको हो । डिजिटल भिसा प्रणाली शुरू भएसँगै हातले लेख्दा हुने त्रुटी तथा केरमेट नहुने विश्वास गरिएको छ ।

अध्यागमन विभागका अनुसार कसैले भिसा स्टिकरमा भएको विवरण केरमेट वा थपघट गरेमा क्युआर कोडमा भएको विवरणका आधारमा पत्ता लाग्ने हुँदा थप सहज हुने छ ।

यो सेवा निकट भविष्यमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र देशभरी रहेका सबै अध्यागमन कार्यालयमा समेत विस्तार गर्ने विभागको योजना छ ।