कीवर्डहरू -

रिया मनी ट्रान्सफरबाट अब इसेवा वालेटमा रेमिट्यान्स पठाउन सकिने

रिया मनी ट्रान्सफरबाट अब इसेवा वालेटमा रेमिट्यान्स पठाउन सकिने

विश्वकै अग्रणी रेमिट्यान्स सेवा प्रदायक तथा युरोनेट वर्ल्डवाइड इंकको सब्सिडायरी कम्पनी रिया मनी ट्रान्सफर र एफवानसफ्टको भगिनी कम्पनी इसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

यो सम्झौतासँगै नेपालीहरूले रियाको संजालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजार भन्दा धेरै स्थानहरूबाट सहजै इसेवा वालेटमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

यो सम्झौताले रिया मनी ट्रान्स्फरले विश्वभर रेमिट्यान्सको डिजिटल भुक्तानीका लागि गरिरहेको प्रयासलाई थप सहयोग पुर्याएको छ र डिजिटल रेमिटेन्स सेवाको बढ्दो महत्वलाई अझ बढि मान्यता दिएको छ ।

यसले ‘डिजिटल भुक्तानी इकोसिस्टम’ तिब्र रूपमा निर्माण भएका नेपालजस्ता देशहरुमा रेमिट्यान्सको क्षेत्रमा ठुलो सहयोग पुग्ने विश्वास गरिएको छ । रियासँग अब नेपालको पहिलो र अग्रणी डिजिटल वालेट सेवा प्रदायक इसेवाका ४२ लाख बढि ग्राहकसम्म पहुँच हुनेछ ।

रिया मनि ट्रान्स्फरका ग्लोबल सिईओ शौन फिल्डरले नेपालमा इसेवा मनी ट्रान्स्फरसँग साझेदारी गर्न पाउँदानिकै उत्साहित भएको बताए ।

‘हाम्रो सहकार्यले यस क्षेत्रमा नयाँ अवसरहरु ल्याउनेछ र सुलभ, सुविधाजनक र किफायति रेमिट्यान्स् सेवा मार्फत प्रवासी समुदायलाई सहयोग गर्ने हाम्रो प्रतिवद्धतालाई जारी राख्न सहयोग पुर्याउनेछ’ उनले भने ।

एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले अन्तरदेशीय रेमिट्यान्समा विश्वको अग्रणी कम्पनीरियासँग साझेदारी गर्नु २००९ देखि नेपालमा दिगो डिजिटल भुक्तानी इकोसिस्टम निर्माण गर्ने हाम्रो यात्राको महत्वपूर्ण कोसेढुङ्गा रहेको बताए ।

उनले अगाडि भने ‘हामी वैकल्पीक भुक्तानी सेवाहरू प्रदान गर्ने र वित्तीय सेवामा अधिक पहुँच पुर्याउने मात्र होइन विश्वभरी रहेका नेपालीहरूका लागि पैसा पठाउँदा लागत घटाउने दिशामा काम गर्न उत्साहका साथ लाग्नेछौँ ।’

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।

इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दशलाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमाआधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्तबनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।