कीवर्डहरू -

इन्स्टाग्रामले आफ्नो स्टोरिमा लिकं शेयर गर्न दिने फिचर परीक्षण गर्दै 

इन्स्टाग्रामले आफ्नो स्टोरिमा लिकं शेयर गर्न दिने फिचर परीक्षण गर्दै 

इन्स्टाग्रामले आफ्नो स्टोरिमा धेरै मान्छेलाई लिकं सेयर गर्न दिने फिचर परीक्षण गरिरहेको छ । कम्पनीले अहिले सम्म प्रयोगकर्ता भेरिफाई भएमा वा १० हजार फ्लोअर पुगेमा मात्रै लिकंं शेयर गर्न दिने गर्दथ्यो ।

यस्तो भएमा मात्रै स्टोरिमा स्वाइप अप लिकंको फिचर प्रयोग गर्न पाइन्छ । तर अब कम्पनीले हल्का फरक फिचरको जाँच गरिरहेको छ ।

कम्पनीले अब आफ्नो केही प्रयोगकर्ताहरुलाई स्टोरिज स्टीकर प्रयोग गरेर कुनै वेबसाइटलाई लिकं गर्न दिने द भर्जलाई बताएको छ । प्लेटफर्मले विस्तारै सबै प्रयोगकर्तालाईनै लिकं शेयर गर्न दिन्छ की दिदैन् भन्ने बारे कुनै पनि जानकारी रहेको छैन् ।

इन्स्टाग्रामका उत्पादन प्रमुख विशाल शाहले अहिले कम्पनीको लक्ष्य भनेको मान्छेले कस्तो खालको लिकं पोस्ट गर्छन् भनेर ट्रयाक गर्ने रहेको बताएका छन् ।

त्यस्तै मान्छेले गलत जानकारी फैलाउन यो फिचर प्रयोग गर्छन् की गर्दैनन् भन्ने पनि रहेको उनले बताएका छन् । इन्स्टाग्रामले हालैमा सजेस्टेड पोस्टको फिचर पनि जाँँच गरिरहेको बताएको थियो ।