कीवर्डहरू -

ब्रिटिस अर्बपति रिचार्ड ब्रान्सन बेजोसभन्दा नौँ दिन अगाडि अन्तरिक्ष यात्रामा जाँदै

ब्रिटिस अर्बपति रिचार्ड ब्रान्सन बेजोसभन्दा नौँ दिन अगाडि अन्तरिक्ष यात्रामा जाँदै

ब्रिटीस अर्बपति रिचार्ड ब्रान्सन आफ्ना प्रतिद्वन्दी अमेजनका संस्थापक जेफ बेजोस भन्दा नौँ दिन अगाडि नै अन्तरिक्ष यात्रामा जाने भएका छन् ।

ब्रान्सनको कम्पनी भर्जिन ग्यालाक्टीकका अनुसार उनी स्पेसशीप टू युनिटीमा बसेर मिशन विशेषज्ञको रुपमा प्रविधि र मौसमले साथ दिएमा जुलाई ११ मै अन्तरिक्ष जाने भएका हुन् ।

बेजोस आफ्नो ब्लु ओरिजिनको नयाँ सेपहर्डमा जुलाई २० मा अन्तरिक्ष जाने छन् । यी दुवै कम्पनीहरुले पर्यटकहरुलाई सब अर्बिटल स्पेससम्मको छोटो उडानमा लैजाने गर्दछ ।

ब्रान्सनले अन्तरिक्ष यात्रीको अनुभव लिनेछन् र भर्जिन ग्यालाक्टीकका भविष्यमा अन्तरिक्ष जाने अन्तरिक्ष यात्री सरहनै प्रशिक्षण, तयारी र उडान गर्ने छन् ।

कम्पनीले उनकै अनुभव र मूल्याकंनलाई प्रयोग गरेर भविष्यका अन्तरिक्ष यात्री ग्राहकको अनुभव अझै राम्रो बनाउन प्रयास गर्नेछ ।

भर्जिन ग्यालाक्टीकको स्पेसक्राफ्ट एक क्लासिक रकेट भन्दा पनि एयरप्लेन हो, जुन एकदमै उचाईसम्म पुगेर सानो भिएसएस युनिटी नामक स्पेसक्राफ्ट मुक्त गर्ने गर्दछ ।

यो उडान पछि पनि दुई ओटा अझै परीक्षण गरिनेछ र सन् २०२२ देखि व्यवसायिक उडान सुरु गर्ने कम्पनीको योजना रहेको छ ।