कीवर्डहरू -

ट्रम्पले सार्वजनिक गरे ‘गेट्टर’ नामक सामाजिक सञ्जाल, यसरी गर्नुहोस् डाउनलोड

ट्रम्पले सार्वजनिक गरे ‘गेट्टर’ नामक सामाजिक सञ्जाल, यसरी गर्नुहोस् डाउनलोड

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गेट्टर’ नामक सामाजिक सञ्जाल सार्वजनिक गरेका छन् । ट्रम्पले जुलाई एकमा ट्विटर जस्तै सामाजिक सञ्जाल गेट्टर सार्वजनिक गरेका हुन् ।

फेसबुक ट्विटर लगायतका समाजिक सञ्जालले प्रतिबन्ध लगाएपछि केही महिना अगाडि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोल्ने बताएका थिए ।

यसको लक्ष्य भनेको मान्छेलाई क्यान्सल गर्ने चलन हटाउने, सामान्य ज्ञानलाई प्रोत्साहित गर्ने, बोलाईमा स्वतन्त्रतालाई सुरक्षा दिने, सामाजिक सञ्जालहरुको व्यवसायमा एकाधिकारलाई चुनौति दिने र नौलो विचारहरुलाई प्रवद्धन गर्ने बताइएको छ ।

यो एप अहिले बेटा भर्सनमा रहेको छ र जुलाई ४ मा आधिकारिक रुपमा सार्वजनिक हुनेछ । यो प्लेटफर्मको नेतृत्व ट्रम्पका पूर्व प्रवक्ता ज्यासन मिलरले गरेका छन् ।

गेट्टर एप गत जुनकोम मध्यतिर गूगल र एप्पलको एप स्टोरमा लाइभ भएको थियो । प्ले स्टोरबाट एप १ लाख भन्दा बढी डाउनलोड भएको छ ।

एपको नाम गेट्टर ‘गेटिङ टुगेदर’ बाट प्रेरित छ । एपबाट पोस्ट गर्दा ७७७ क्यारेक्टरहरु प्रयोग गर्न सकिन्छ । यसमा तीन मिनेट सम्मको भिडियो पनि हाल्न सकिन्छ र यसमा लाइभ स्ट्रीम पनि होस्ट गर्न सकिन्छ । यसको प्रमुख कार्यालय न्यू योर्कमा रहेको छ ।

गेट्टरमा ट्रम्पका लागि पहिले नै अकाउन्ट सुरक्षित राखिएको बताइएको छ । तर डोनाल्ड ट्रम्पले गेट्टरमा अकाउन्ट बनाउँछन् की बनाउँदैनन् र एपमा कतिको सक्रिय रुपमा सहभागी हुनेछन् भनेर अहिले सम्म कुनै जानकारी आएको छैन् ।

जनवरी ६ देखि फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएपछि ट्रम्पले आफ्नो फ्लोअरहरुसँग अन्तरक्रिया गर्ने विभिन्न बाटो खोजिरहेका छन् ।

गेट्टर एप डाउनलोड गर्न एन्ड्रोइड फोनका लागि यहाँ क्लिक गर्नुहोस् भने आईओएस फोनका लागि यहाँ क्लिक गर्नुहोस् ।